९ आश्विन २०८१ बुधबार
image/svg+xml

६ सहकारी सञ्चालक कालोसूचीमा

युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले कोषबाट कर्जा लिएर नतिर्ने सहकारी संस्था र तिनका पदाधिकारीमाथि कारबाही अगाडि बढाएको छ ।

३५ हजार सहकारीकर्मीको कूल पुँजी पाँच खर्ब

सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको गरिबी निवारणका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।

सहकारी विकास बोर्डको सहअध्यक्षम पौडेल

सरकारले सहकारी विकास बोर्डको सह–अध्यक्षमा सहकारी अभियन्ता दक्ष पौडेललाई नियुक्त गरेको छ । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामीचार वर्षे कार्यकालमा नियुक्त गरेको हो ।

१६ करोडको कारोबार गर्दै सहकारी

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले १६ करोडको कारोबार गरेको छ । कर्मचारी बोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३/७४ मा २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ । सहकारीले १४ करोड २० लाख ८४ हजार उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरेको सहकारीका प्रबन्ध संञ्चालक मदनराज भट्टले जानकारी दिए । सहकारीमा सात हजार सदस्यको ७ करोड सात लाख ४२ हजार रकम बचत रहेको छ ।

सहकारीबाटै करिब ८० करोडको दुग्ध कारोबार

मकवानपुरमा गत आर्थिक बर्ष २०७३/७४ मा ७९ करोड ६३ लाख ४४ हजार ५ सय रुपैयाँको कारोबार भएको छ।

पाल्पा, गुल्मी र स्याङ्जाका १५ सहकारी दर्ता खारेज

गत आर्थिक वर्ष २०७३/०७४ मा पाल्पा, गुल्मी र स्याङजाका पन्ध्र सहकारी खारेज भएको छ। डिभिजन सहकारी कार्यालय पाल्पाले पाल्पाका दुई र गुल्मीका चार तथा स्याङ्जाको कार्यालयले नौ सहकारी खारेज गरेको हो।

एउटै सहकारीका २८ जना उम्मेदवार

झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ ।

‘सबै सहकारीलाई एउटै कर न्यायसंगत हुँदैन’

प्रगति गर्नलाई या सहर पस्नु पर्छ, नभए विदेश भासिनु पर्छ भन्ने सोच यतिखेर धेरै युवायुवतीले पालेको पाइन्छ । यस्ता सोचले ‘बजार पाइरहेको’ बेला गाउँमै केही गरौं भन्ने कतिपयलाई निराश समेत तुल्याउने गर्छ ।

सहकारी ऐनमा सांसदकै चलखेल

सहकारी ऐन निर्माणमा जनप्रतिनिधिको भूमिका नै शंकास्पद देखिएको छ। 'सहकारी ऐन–२०४८' लाई पूर्णरुपमा विस्थातित गर्न बनेको 'सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३' मा स्वार्थको द्वन्द्व देखिएको हो।

‘स्थानीयतहलाई समेट्ने सहकारी ऐन आवश्यक’

स्थानीयतहपुनः संरचनाअनुसार सहकारी ऐन बन्नुपर्ने म्याग्दीका सहकारीकर्मीले माग गरेका छन् । सदरमुकाम बेनीमा सहकारी संघ म्याग्दीले ६०औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा राज्यले तीन खम्बे अर्थनीतिमा सहकारीलाई समेत आवद्ध गरेपनि तल्लो स्तरको व्यवहार गर्ने गरेको आरोप लगाएका थिए ।

दिगो विकास लक्ष्य र सहकारी

हामी ६०औँ राष्ट्रिय सहकारी दिवसको सेरोफेरोमा छौँ । नेपालमा बखान ऋण सहकारी संस्था स्थापना भएको दिन अर्थात् २०१३ चैत २० लाई सम्झँदै प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

कृषिको मौलिकता जोगाउन सहकारीको भूमिका : मन्त्री चौधरी

कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सहकारी ऐनमा स्वार्थको खेल

महत्वपूर्ण पदमा रहेका व्यक्तिले आफ्नो स्वार्थ अनुरुप सहकारी ऐनमा संशोधन प्रस्ताव राखेका छन्। ऐनलाई आफू अनुकूल बनाउन एउटै दफामा दसौं संशोधन प्रस्ताव राखिएको हो। १४२ दफामा ६ सय ९३ संशोधन प्रस्ताव परेको सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बुधबार नागरिकलाई बताए।

दर्ता नगरी सहकारीको नाममा करोडौंको कारोबार

अवैध सहकारी संस्थाको नाममा लाखौंको कारोवार सञ्चालन गरेको रहस्य खुलासा भएको छ। मार्तडी स्थित केही व्यापारी र प्रतिष्ठीत व्यक्तिहरु मिलेर सहकारीका नाममा लाखौंको रकम संकलन गर्ने गरेको रहस्य बाहिर आएको हो।

बुद्धनगर बहुउद्देश्यीय सहकारीको पाँच प्रतिशत लामांस दिने

द्धनगर बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको सातौं बार्षिक साधरणसभा सम्पन्न भएको छ। प्रमुख अथिति पूर्वमन्त्री एव्म सांसद टोपबहादुर रायमाझी र अथिति सांसद सोनिया यादवको उपस्थितिमो शनिवार सम्पन्न साधरणसभाले शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्