८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निजी विद्यालय गुठी वा सहकारीअन्तर्गत जानुपर्ने

कम्पनी ऐनअन्तर्गत सञ्चालित देशभरका ८ हजार संस्थागत विद्यालयहरु गुठी वा सहकारीका रुपमा सञ्चालन गरिने भएको छ।

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसंग आबद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ।

सहकारी स्थानीय तहलाई हस्तान्तरण

रसुवाको पाँचवटा गाउँपालिकामा क्रियाशिल रहेका ८३ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा रहेका एक सय १४ सहकारी संस्थामध्ये ८३ वटा स्थानीय तहलाई र ३१ वटा प्रदेश रजिस्ट्रारको कार्यालयलाई हस्तान्तरण गरिएको हो।

सहकारीले दिगो विकास लक्ष्य प्राप्तिमा सघाउने

मुलुकभरका सहकारी संस्थाले सरकारले निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्ति गर्नका लागि उत्पादनलाई प्राथमिकता दिने भएका छन्। उत्पादन बढाएर गरिबी न्यूनीकरण गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माणमा सघाउने लक्ष्यसहित १० बुँदे घोषणा पत्र जारी गर्दै राजधानीमा जारी महासम्मेलन सम्पन्न भएको हो।

विकासका लागि सहकारीसँग साझेदारिता : प्रधानमन्त्री

सहकारीका समस्या पहिचान गरी भावी रणनीति तय गर्न दोस्रो सहकारी महासम्मेलन राजधानीमा सुरु भएको छ।

सहकारीले गाउँका महिलामा समृद्धि

जुम्लाका प्रत्येक गाउँमा सहकारीले काम गर्न थालेपछि समृद्धि ल्याएको अनुभूति स्थानीयले गर्न थालेका छन्। सहकारीले स्थानीय महिलाको जीवन स्तरमा परिवर्तन ल्याएको छ। पाँच वर्ष अघीसम्म घर खर्च चलाउनको लागि श्रीमानको भर पर्नुपरेकोमा अहिले उल्टै खर्च दिएर श्रीमानलाई पठाउने गरेको महिलाहरुले बताएका छन्। ग्रामिण क्षेत्रका महिलामा सहकारीले वचत गर्ने बानीको विकास गरेको छ।

दोस्रो सहकारी महासम्मेलन सुरु

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा दोस्रो सहकारी महासम्मेलन सुरु हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्।

तीनै सरकारबाट सहकारी नियमन

सहकारी संस्था नियमन गर्ने अधिकार तीनै तहका सरकारले पाएका छन् । सहकारी संस्थाको कार्यक्षेत्रका आधारमा स्थानीय, प्रदेश र संघीय सरकारलाई नियमनको अधिकार दिइएको हो।

जो सहकारीले घरबार बिहिन भए

सुर्खेतबाट बसाईसराइ गरेर आएका मीन बहादुर डाँगीले ६ वर्ष अघि नेपालगन्ज फुल्टेक्रामा घर किनेका थिए। बैदेशिक रोजगारका लागी साउदी अरब जानु अघि उनको सपना थियो नेपालगन्जमा एउटा घर किन्ने।

सहकारी संघमा भण्डारी

नेपाल बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको पाँचौ साधारण सभाले सुरेन्द्र भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । भण्डारी लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।चार वर्षीय कार्यकालका लागि उपाध्यक्षमा नारायणभक्त श्रेष्ठ, सचिवमा माधवप्रसाद तिमल्सिना, कोषाध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित भएको संघले जनाएको छ।

कृषि सहकारीको दुई कराेड ९२ लाख कारोबार

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारी करिब दुई करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।

हाई काडेर दिन बिताउँछन् सहकारी कर्मचारी

सदरमुकाम मलंगवास्थित डिभिजन सहकारी कार्यालयका कर्मचारी बेकामे बनेपछि हाई काडेर दिन बिताउन बाध्य छन् । सहकारी विभागले अर्को व्यवस्था नभएसम्म गर्दै आएका काम कारबाही नगर्नु भन्ने परिपत्र गरेकाले डिभिजन सहकारी कार्यालयका कर्मचारी कामविहीन बनेका हुन् ।

ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

‘सहकारीमा सम्पत्ति शुद्धिकरण स्वागतयोग्य’

सहकारी क्षेत्रमा सम्पत्ति शुद्धिकरण हुनु स्वागतयोग्य रहेको सहकारीकर्मीले बताएका छन्। विहीबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘सहकारीमा सम्पत्ति सुद्धिकरण’ विषयक अन्तक्र्रियाका सहभागीले सम्पत्ति शुद्धिकरण ऐनको स्वागत गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्