५ मंसिर २०८१ बुधबार
image/svg+xml

बालबालिकाको रोजाइ बाल क्लब

कक्षा ९ मा पढ्दै गरेका गोरक्ष हमाल धुनीबेसीमा नगरस्तरीय बाल क्लबका अध्यक्ष हुन् । सानैदेखि बाल क्लबमा बसेर आफ्नो प्रतिभा देखाउँदै आएका उनी क्लबमा बस्न पाउँदा खुसी छन् । पढाइलाई निरन्तरता दिँदै आएका उनको रोजाइमा बाल क्लब परेको छ । पढेर बचेको समय बाल क्लबमा लगानी गर्ने गरेको गोरक्ष बताउँछन् ।

हजारौँ बालबालिकाका जीवनदाता: डा. मणिन्द्ररञ्जन बराल

असीको उमेरमा हिँडिरहेका बाल चिकित्सक डा. मणिन्द्ररञ्जन बरालको डेढ दसक यताको परिचय प्राध्यापक हो र उनी काठमाडौं मेडिकल कलेज (केएमसी)को स्थापनाकालदेखि आबद्ध छन् ।

विद्यालयको भवन निर्माण सुरु, बालबालिकालाई अब चिसोबाट राहत

अधिकांश पिछिडिएको समुदायको बालबालिका अध्ययन गर्ने महोत्तरीको मटिहानी नगरपालिका ९ सिमरदहीस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन निर्माण कार्य सोमबारदेखि सुरु भएपछि विद्यार्थीलाई गर्मीयाममा रुखको छहारीमा र चिसोमा शीतलहरसंग पैठाजोरी गर्दै पढनुपर्ने बाध्यात्मक अवस्था अब हटेर जाने भएको छ।

श्रव्यविहिन बालबालिकालाई सहयोग

सर्लाहीको हरिपुर नगरपालिका स्थित जनताप्राविमा अध्ययनरत ३० जनाश्रव्यविहिन (कान नसुन्ने) बालबालिकालाई सोमबार दिउँसो हरिवनका युवाहरुको समूहले सहयोग गरेको छ।

पूर्व विद्यार्थीद्वारा बालबालिकालाई ट्रयाकसुट प्रदान

सर्लाहीको हरिवनस्थित एक विद्यालयका पूर्व विद्यार्थीहरुको समूहले शुक्रबार आफूलाई अध्यापन गराउने गुरुलाई सम्मान एवं हाल अध्ययनरत बालबालिकालाई ट्रयाकसुट वितरण गरेको छ।

विस्थापित बालबालिका पढाइबाट वञ्चित

भूकम्पका कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट वञ्चित भएका छन् । जिल्लाका तीनवटा स्थानीय तहका विस्थापित सातवटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट वञ्चित भएका हुन्।

गरिब बालबालिकालाई निःशुल्क पढाउन आदेश

सर्वोच्च अदालतले गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई निःशुल्क शिक्षा दिन सामुदायिक विद्यालयलाई अन्तरिम आदेश दिएको छ ।न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले दलित, जनजाति, महिलालगायतका विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क नलिई पढ्ने व्यवस्था गर्न बुधबार आदेश दिएको हो।

बन्धक बनाइएका १३ बालबालिकाको उद्धार

अमेरिकाको क्यालिफोर्नियामा एउटै कोठामा बाँधेर राखेका एउटै परिवारका १३ जनालाई क्यालिफोर्निया प्रहरीले उद्धार गरेको छ ।

भारत लैजान लागेका बालबालिकासहित दुई प्रहरी नियन्त्रणमा

जुम्लादेखि भारतको हिमाञ्चल प्रदेशमा बालबालिका लैजाँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुम्लाको कुडारी चौकीले बालबालिका भरिएको बस देखेर सोधपुछ गरेपछि भारतमा  लैजाने कुनै आधार फेला नपारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

भारत लैजांदै गरेका २० बालबालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय जुम्लाले भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजादै गरेको अवस्थामा २० बालबालिकाको उद्धार गरेको छ। बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो।

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ।

अभिभावक नभएका बालबालिकालाई नगरपालिकाको भत्ता

गुर्भाकोट नगरपालिकाले अभिभावकको संरक्षकत्वबाट बञ्चित बालबालिकाका लागि भत्ता दिने निर्णय गरेको छ। असहाय, अनाथ र जोखिममा रहेका बालबालिकाका लागि सामाजिक सुरक्षावापत मासिक पाँच सय रुपियाँ भत्ताको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

किन हराउँछन् महिला र बालबालिका ?

‘मेरी बूढी छोरासहित हराई, अब के गर्ने होला’, निजगढ बाराका बलरामकुमार चौधरी माइती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई वर्षको छोरासहित हराएकी हुन् । तीन वर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई आफू नभएको मौकामा छोरासहित घर छोडेर गएको बताए ।

दक्षिण भारतमा डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु

दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको छ।  यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्