१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

भारत लैजांदै गरेका २० बालबालिकाको उद्धार

जुम्ला – जिल्ला प्रहरी कार्यालय जुम्लाले भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजादै गरेको अवस्थामा २० बालबालिकाको उद्धार गरेको छ। बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो।

लामा भाषा पढाईदिने भनेर अभिभावकलाई ढुक्क बनाएर उनीहरुले बालबालिकालाई भारत लैजान लागेको अवस्थामा बसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चुडामणी पुनले जानकारी दिए। उनका अनुसार उद्धार गरिएका बालबालिका ९ देखि १३ वर्ष उमेर समूहका छन। जिल्लाको पातारासी गाउँपालिकाका खसक्षेत्रीका बालबालिकालाई ललाईफकाई लगिएको र लिने कुनै आधार नभएकाले प्रहरीले दुई जना लामालाई पक्राउ गरेको छ।

‘एउटा बसमा यत्रो बच्चा लादै गर्दा देखेपछि सोधपुछ गरियो,’ डीएसपी पुनले भने, ‘लिने आधार रहनेछ।  त्यसैले नियन्त्रणमा लिइएको हो।’ उनका अनुसार दुई जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ। बालबालिकालाई प्रहरीको निगरानीमा होटेलमा राखिएको छ।

प्रकाशित: २५ पुस २०७४ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App