५ आश्विन २०८१ शनिबार
image/svg+xml

संघीयताले गाउँमा चहलपहल

संघीयता कार्यान्वयन भएर गाउँगाउँमा कार्यकारी अधिकार हस्तान्तरण भएपछि जिल्ला सदरमुकाम तथा केन्द्रहरु सुनसान हुन थालेका छन्। नयाँ केन्द्रहरुमा भने चहलपहल बढेको छ । स्थानीय तह पुनर्संरचनापछि जिल्ला सदरमुकामभन्दा स्थानीय तहका केन्द्रमा मानिसको आकर्षण बढ्दैछ । बसोबास, पढाइ र रोजगारीका सिलसिलामा गाउँतिर बसोबास बढ्दैछ । सदरमुकाममा मानिसको जमघट कम हुँदै गएको छ।

पशुपतिमा शिवरात्रिको चहलपहल (फोटो फिचर)

भोलि शिवरात्री। शिवरात्रीको अपसरमा पवित्र पाशुपत क्षेत्रको रौनक भिन्नै हुने गर्छ। शिवरात्रीको लागि पशुपती क्षेत्रमा बाबाहरु जम्मा भइसकेका छन्।

माघी पर्वको चहलपहल शुरु

कैलाली र कञ्चनपुरका थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघी पर्वको चहलपहल शुरु भएको छ। माघी पर्व नजिकिएसँगै त्यस क्षेत्रका थारु समुदायमा माघी पर्वको चहलपहल शुरु भएको हो । थारु समुदायमा नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने माघी पर्वमा मिठो मसिनो खाने, नयाँनयाँ लुगा लगाउने, आआफ्नो समूहका दौतरी साथीभाइसँग रमाउनेलगायतका विभिन्न नाचगान गर्ने चलन रहेको छ।

विवाहका कारण बुटिकमा चहलपहल

कुपण्डोलस्थित आशीर्वाद कलेक्सनमा मध्य कात्तिकको एक दिउँसो निकै चहलपहल देखिन्थ्यो । कलेक्सनकी प्रमुख कमला भण्डारी पाठक आफ्ना ग्राहकहरुसँग गफिन व्यस्त थिइन् । मंसिरमा विवाहको सिजन भएकाले कात्तिकमै यस किसिमको चहलपहल हुने कमलाको भनाइ थियो । कमलाको आशीर्वादमा मात्र होइन, यतिबेला प्रायः नाम चलेका सबैजसो बुटिकमा भिडभाड हुने गरेको छ ।

चुनावी चहलपहल

राजनीति भनको झुटको खेती हो ? राजनीति भनेको जनतामा भ्रम छर्ने उद्यम हो ? राजनीति भनेको आश्वासन बाँड्ने उद्योग हो ? हो, भने ठीकै छ नेपालका राजनीतिक दल र नेता त्यस्तै गर्दैछन् । होइन, राजनीति भनेको सबै नीतिहरूको राजा हो, राजनीतिले आर्थिक, सामाजिक नीति बनाउने र मुलुकमा स्थिति बनाउने हो भने दलहरूका घोषणापत्रले त्यस्तो सन्देश दिँदैनन् । घोषणापत्रहरूले झुटको खेतीपाती गरिरहेका छन् । ती पढ्दा र नेताहरूले जनताको नाममा गरेका भाषणहरू श्रवण गर्दा अनुभव हुन्छ नेताहरू मुलुकको यथार्थ धरातलमा उभिएका छैनन् ।

चहलपहल बढे पनि उम्मेदवारको टुंगो लागेन

तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीसँगै विभिन्न दलका जिल्लास्तरीय नेताहरूको बढ्दो चहलपहलले दुई नम्बर प्रदेशका विभिन्न जिल्ला सदरमुकाममा सरगर्मी बढेको छ ।

भरतपुर १९ : मौन अवधिमा चहलपहल

मतगणनामा बसेका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका वडा नं. १९ मा शुक्रबार  फेरि मतदान हुँदैछ। महानगरको एउटा वडामा मात्र मतदान हुन लागेको भए पनि मतदाता  आफ्नो पक्षमा तान्न जिल्ला नेता मात्र होइन, केन्द्रीय नेता जुटेका छन्। कुल ३ हजार ७ सय ९७ मतदाता रहेको उक्त वडामा यसअघि २ हजार ८ सय ९७ मत खसेको थियो।

मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल

सर्लाहीबाट चारदिन अघि काठमाडौँ आएका सियाराम रायको अरु काम सक्किएपनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने खबरले उनको बसाइँ लम्बियो । “आज बिहानदेखि फूल बोकेर हिँडेको थिएँ, साँझ काम लाग्यो”–रायले भने ।

नवलपरासीमा स्थानीय तह निर्वाचनको चहलपहल बढ्दै

सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहँदा नवलपरासीमा नगर तथा गाउँ क्षेत्रमा निर्वाचनको चहल पहल बढेको छ ।

स्ववियु निर्वाचनले त्रिभुवन बहुमुखी क्याम्पसमा चहलपहल बढ्याे

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिकासहित आचारसंहिता जारी गरेसँगै जिल्लामा निर्वाचनको माहोल बढेको छ। जसका कारण त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी चहलपहलले तीव्रता पाएको छ।

चितवनमा साहित्यिक चहलपहल

रचना सुनाउन जन्म दिन वा खास दिवस कुर्ने अवस्था अब रहेन । संघ–संस्थाको काम पनि दिवस कुरेर रचना बाचन गराउनेसम्म मात्रै सीमित रहेन । जुनसुकै समयमा छलफल अन्तक्र्रिया गर्ने, पुस्तक प्रकाशन र पुरस्कार वितरणसम्ममा यहाँका संघ–संस्था क्रियाशील छन् ।

दसैँ मनाउन जाने आन्तरिक पर्यटकको मुस्ताङमा चहलपहल

मुस्ताङ-दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन्। दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन्।

टीका थाप्न जानेको उपत्यकामा चहलपहल

आश्विन शुक्ल द्वादशीका दिन आज पनि मान्यवरबाट दसैँको टीका थाप्न जानेको काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । काठमाडौँका मुख्य बजार र सडकमा सवारीसाधनको चाप कम रहेकाले टीका लगाउन जाने सर्वसाधारण निधारमा टीका तथा कानमा जमरा सिउरेर सडकमा हिँडेर पनि गन्तव्यतर्फ लागेको देख्न पाइन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्