११ मंसिर २०८१ मंगलबार
image/svg+xml

खानेपानी अभाव भएको भन्दै नारावाजी, नगरसभा सुरु हुन सकेन

खानेपानीको चरम अभाव हुँदा पनि जनप्रतिनिधिले वेवास्ता गरेको भन्दै विभिन्न वडाका बासिन्दाहरुले धरान उपमहानगरपालिकाको नगर सभास्थल घेराउ गरेका छन्।

दौड प्रतियोगिता: गजेन्द्र र सन्तोषी च्याम्पियन

धरानमा शनिबार सम्पन्न भएको दौडको नवौं संस्करणमा गजेन्द्र पहिलो पटक विजेता भएका हुन् भने सन्तोषीले विजेतामा ह्याट्रिक गरिन्। दुवैले जनही नगद ५० हजारसँगै ट्रफी र पदक हात पारे।

मन्त्री तुम्बाहाम्फेद्वारा अतिक्रमित सर्दु जलाधारको निरीक्षण

नेपाल सरकारले गठन गरेको सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जलाधार क्षेत्रको जग्गा व्यक्तिबाट अतिक्रमित भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने भएकाले मन्त्री तुम्बाहाम्फे फिल्ड अनुगमनमा आएको उपप्रमुख भण्डारीले बताइन्।

धरान १०के रनमा गजेन्द्र र सन्तोषी विजेता

प्रभु बैंक धरान १०के रन, नवौं नेवा च्यारिटी दौड प्रतियोगिता २०७७ मा पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भएका छन्।

एकै दिन तीन नयाँ व्यवसाय सुरु

कोरोना रोक्न लकडाउन भएपछि उद्योग, व्यवसाय चौपट भएर व्यवसायी निराश थिए। लकडाउन खुलेसँगै व्यापार व्यवसाय पुरानै लयमा फर्किएको छ भने युवाहरूले लगानी पनि गर्न थालेका छन्। मंगलबार एकै दिन धरानमा तीनवटा नयाँ व्यवसाय सुरु भएको छ। तीनैवटा व्यवसाय धरानका युवाले लगानी गरेका हुन्।

वीपी प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यकक्षमा तालाबन्दी भएको छ। प्रतिष्ठानस्थित चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा आज तालाबन्दी गरेको हो। समाजले यसअघि माघ २३ गते नै प्रतिष्ठानका रेक्टर डा.गुरु खनालको कार्यकक्षमा पनि तालाबन्दी गरेको थियो।

धरानमा कुकुर पाल्न उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने

धरान उपमहानगरपालिका क्षेत्रभित्र कुकुर पाल्न स्थानीय तहमा दर्ता गर्नुपर्ने कार्यविधि पारित भएको छ। उपमहानगरको आज सोमबार बसेको कार्यपालिका बैठकले घर पालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७ पारित गरेको छ।

डिपिआर संशोधनपछि लागत घट्यो

धरानमा निर्माण गरिने भनिएको स्मार्ट बसपार्कको डिपिआर संशोधन भएको छ। बसपार्कको लागत स्टिमेट बढी भएपछि उपमहानगरपालिकाले डिपिआरलाई संशोधन गरेको जनाएको छ।

४३ करोड लागतमा धरानमा स्मार्ट बसपार्क बन्दै, डिपिआर तयार

लामो प्रतिक्षापछि धरानको स्मार्ट बसपार्कको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भएको छ। प्रदेश नं १ सरकारले धरानको प्रमुख आवश्यकता मध्येको स्मार्ट बसपार्कको डिपिआर बनाएको हो।

निजि विद्यालयलाई शुल्क नलिन उपमहानगरको निर्देशन

धरान उपमहानगरपालिकाले अनलाइन कक्षाको शुल्क निर्धारण नर्दासम्म मनोमानीढंगले नलिन निजी तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ।

उपमहानगरपालिका नाराबाजी गर्दै घेराउ

उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिला गर्दा निजी विद्यालयले मनोमानी शुल्क असुल गरेर आफूहरूलाई मार पारेको भन्दै अभिभावकहरूले धरान उपमहानगरपालिकामा नाराबाजी गर्दै घेराउ गरेका छन् ।

धरानका वामपन्थी नेता कृष्ण श्रेष्ठको निधन

धरानका पुराना वापन्थी नेता एवं वामबुद्धिजिवि कृष्णप्रसाद श्रेष्ठ (बि.ए.कृष्ण)को निधन भएको छ। धरान १ स्थित निवासमा ८६ वर्षको उमेरमा श्रेष्ठको हिजो निधन भएको हो।

लण्ड्रीबाट आवश्यक कपडा नपाएको भन्दै वीपीको गाइनो वार्डमा भर्ना बन्द

शल्यक्रिया गर्न आवश्यक पर्ने सर्जन गाउन, ड्रेपलगायत कपडा पर्याप्त उपलब्ध नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागले गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ।

संक्रमण बढेपछि धरान उपमहानगरपालिका बन्द

कर्मचारी र जनप्रतिनिधिहरु धमाधम कोरोना संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिका र सबै वडा कार्यालयहरु एक सातालाई बन्द गरिएको छ।

धरानमा एकै दिन थपिए ३२ कोरोना संक्रमित

धरानमा आज एकै दिन ३२ जनामा कोरोना संक्रमित थपिएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाको रिपोर्ट अनुसार ३० जना विभिन्न वडाका व्यक्तिहरु छन् भने २ जना वीपी प्रतिष्ठान भित्रका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्