७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

धरानका वामपन्थी नेता कृष्ण श्रेष्ठको निधन

उपमहानगरपालिकामा शोक विदा

धरानका पुराना वापन्थी नेता एवं वामबुद्धिजिवि कृष्णप्रसाद श्रेष्ठ (बि.ए.कृष्ण)को निधन भएको छ। धरान १ स्थित निवासमा ८६ वर्षको उमेरमा श्रेष्ठको हिजो निधन भएको हो। श्रेष्ठ धरान नगरपालिका स्थापना कालका जनप्रतिनिधि पनि भएकोले आज उपमहानगरपालिकाले शोक विदा दिएको छ।  

श्रेष्ठ नगरपालिका स्थापना कालका प्रथम निवार्चित उपसभापति र लामो समय जनप्रतिनिधिको रुपमा रहेका थिए। ‘धरान नगरपालिका स्थापना कालका निवार्चित उपसभापति र लामो समय जनप्रतिनिधिको रुपमा रहनु भएकोले उहाँको निधनमा आज शोक विदा दिइएको हो,’धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने।

श्रेष्ठको आज नै अत्येष्टि गरिने भएको छ। स्वर्गीय श्रेष्ठ धरानका पुराना कम्युनिष्ट नेता एवं बुद्धिजिवि हुन्। राजनीतिसँगै श्रेष्ठले समाजसेवा र साहित्यमा पनि सक्रिय रहेका थए। उनले २००६ सालमा एसएसली परीक्षा उतीर्ण गरेका थिए। सोही वर्षदेखि उनी कम्युनिष्ट भएकोले धरानका पहिलो कम्युनिष्ट भन्न सकिने अर्थशास्त्री डा. राजेन्द्र शर्मा बताउँछन्।

श्रेष्ठ धरानबाट स्नातक तह(बि.ए.) उतीर्ण गर्ने पहिलो २ जना व्यक्तिमा पनि पर्छन्। श्रेष्ठ र यज्ञप्रसाद आचार्य धरानमा बि.ए.पास गर्ने पहिलो व्यक्तिहरु हुन्। श्रेष्ठले राम्रो डिभिजन ल्याएको र कृष्णप्रसाद नाम गरेका व्यक्तिहरु धेरे भएकोले उनलाई बि.ए.कृष्ण भनेर चिन्न थालिएको थियो। नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालबाट नै राजनीति सुरु गरेपनि श्रेष्ठ पछि कृष्णराज वर्मा समूहमा लागेका थिए।

प्रकाशित: १५ मंसिर २०७७ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App