राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक
राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रूपन्देहीको मङ्गलापुरस्थित पार्टीको जिल्ला कार्यालयमा आज पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो ।

