२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाली युवकको भारतीय भूमिमा भेटियो शव

एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

कपर्दी टिमको बिदाई

चीनको हाङचाउमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कपर्दी महिला टिमले भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन्। यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्नेछ। प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ।

दुई सय बढी बङ्गलादेशी पर्यटक एकै पटक नेपालमा

दुई सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्।आज २ सय बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो।

सीमाको भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन्।

नेपालीहरूको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छः जगमान गुरुङ

वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउन सके र नेपालीहरूको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् ।

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन्।

आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ : कांग्रेस नेता निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विसं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन। पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका कांग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै विसं २०८४ को आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए।

कांग्रेसले चाहेन सुन प्रकरणमा ‘उच्च स्तरीय छानबिन समिति’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न ‘उच्च स्तरीय छानबिन समिति’ गठन गर्नुपर्ने माग राखेर १९ दिनदेखि संसद अवरुद्ध गरेपनि नेपाली कांग्रेसले ‘समिति’ आवश्यक नभएको स्पष्ट पारेको छ।

संसद् अवरुद्ध एमालेकाे गैर जिम्मेवारी काम: कांग्रेस (यस्ता छन् कांग्रेसका निर्णयहरू)

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरुद्ध गरेर गैर जिम्मेवारी काम गरेको बताएको छ।

क्यान्सरपीडित बालिकाको सहयोग याचना

पर्वत जिल्ला घर भई हाल नवलपरासीमा बस्दै आएकी सुनिताले वित्तीय संस्थामा धितो राखेर लिएको ५ लाख र आर्थिक सहयोग जुटेको २ लाख सकिएको छ।

काँग्रेस संसदीय दलमा सरकार परिवर्तनका विषयमा भएन छलफल

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताएका हुन्।

शिक्षा क्षेत्रका समस्या समाधानको पहल लिन्छु: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (पेट्सान)ले आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन्।

ट्वान्टी-२० शृंखला खेल्दै नेपाली महिला टोली

आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको तोत्से हलमा बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ।

नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्