१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद् अवरुद्ध एमालेकाे गैर जिम्मेवारी काम: कांग्रेस (यस्ता छन् कांग्रेसका निर्णयहरू)

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरुद्ध गरेर गैर जिम्मेवारी काम गरेको बताएको छ।

नेपाली कांग्रेसले गत साउन २६ गतेदेखि आज (सोमबार) सम्म बसेको कांग्रेस संसदीय दलको बैठक पछि आफ्ना निर्णयहरू सार्वजनिक गर्दै यस्तो बताएको हो।

‘कुनै विषयमा आफ्नो असहमति व्यक्त गर्न सरकार र समग्र राष्ट्रको ध्यान आकृष्ट गर्न प्रतिपक्षले सदनमा आलोचनात्मक रूपले प्रस्तुत हुन स्वाभाविक हो तर लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी संसद् अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारी हो’, निर्णयमा भनिएको छ, ‘सदन अवरुद्ध भएका कारण एकातर्फ जनताका सरोकारका विषय सदनमा उठ्न सकेको छैनन् भने अर्को तर्फ सदनमा विचाराधीन महत्त्वपूर्ण विधेयक कानून बन्न सकेका छैनन्।’

यसैगरी सुन प्रकरणबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भएपनि अभियोजन गरी कानुनी दायरामा ल्याउन पनि अनुरोध गरिएको छ।

कांग्रेस संसदीय दलको बैठकमा भएका हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित: २९ श्रावण २०८० ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App