१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दुग्ध विकास आयोजना बालाजुको छड्के अनुगमनमा मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले आज बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन्।लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन्।

भक्तपुर कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र

मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन्।

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।

तमोर नदीमा खसेर घाइते भएका मजदुरको मृत्यु

मध्य तमोर जलविद्युत आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

विदेशी पर्यटकको पहिलो रोजाइ बन्दै ‘मुस्ताङ’

सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।

गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

द्रुत मार्गमा सुस्त सेना

मुलुकमा भइरहेको आर्थिक विकासले आशा सञ्चार गर्ने हो। ठूला विकास आयोजनाको थालनी र निर्माण समयमै सम्पन्न हुँदा सर्वसाधारणमा राज्यप्रति विश्वास बढ्छ। विडम्बना नै मान्नुपर्छ, सबैजसो ठूला विकास आयोजनाको निर्माणमा गति देखिँदैन।

प्रधानमन्त्रीको निर्देशनः‘झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्’

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन।

अस्तव्यस्त आयोजना

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहभन्दा बढी चर्चा यसले सहरको सवारी व्यवस्थापनमा पारेको अस्तव्यस्तताको भइरहेको छ। सहरमा आयोजना हुने कुनै एउटा कार्यक्रमले यातायात अस्तव्यस्त हुनुको मुख्य कारण हो-शासकीय तुजुक।

जुम्लामा रंगशाला निर्माणले गति लिँदै

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित राजासीमा निर्माणाधीन रंगशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ।

सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम

गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२.६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना ६० प्रतिशत निर्माण भएको छ।

अगाडि बढ्यो चिसापानी जलविद्युत् आयोजनाकाे अध्ययन प्रक्रिया

नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्र सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्