२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुग्ध विकास आयोजना बालाजुको छड्के अनुगमनमा मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले आज बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन्।लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन्।

मन्त्री भुसाल, मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलसहितको अनुगमनमा यो आयोजनाका २ सय ५१ कर्मचारी मध्ये ८३ जना अनुपस्थित रहेको पाइएको छ। जसमा जुनियर टेक्निसियन असिस्टेन्ट विजय कुमार यादव विहीबारसम्म विदामा बसेर हाजिरी गरेको पाइएको छ।

यस्तै आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाईको अवस्था दयनिय रहेको पाइएको छ।केही महिना अगाडी खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिएपनि अझै नष्ट नगरेको पाइएको छ।

आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजा प्रमुख गणेश कुमार यादवलाई तत्काल सुधारका काम गर्न निर्देशन दिएका छन्। आयोजनामा देखिएका वेथितिलाई अनुगमन टोलीले टिर्पोट गरी ल्याएको छ।आवश्यक अध्ययन पश्चात आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ।  

दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ। संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन्। पटक पटक संस्थान सुधारका लागि मन्त्री भुसालले मौखिक र लिखित निर्देशन दिदै आएपनि महाप्रबन्धक सञ्जिव झाले अटेरी गर्दै आएका छन्।  

केही दिन अगाडी किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई मन्त्री भुसालले कटौती गराएपनि त्यसको कार्यान्वयन नभएको पाइएको छ।अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहेको र संस्थानको सुधारका लागि आवश्यक निर्णय गर्ने मन्त्री भुसालले जनाएका छन्।

प्रकाशित: १७ पुस २०८० १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App