२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आगामी तीन दिनकाे यस्ताे छ वर्षाकाे सम्भावना

आज देशभर भार कुनै स्थानमा थोरै त कुनै स्थानमा धेरै वर्षा भईरहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेकोले वर्षा भइरहेको छ।

वर्षाले पहिलाे सेमिफाइनल प्रभावित

वर्षाका कारण अवरुद्ध भएको भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल बुधबारबाट पुनः सुचारु हुने भएको छ। मंगलबार अबेरसम्म वर्षा भएपछि खेल रिजर्भ डेका लागि सारिएको हो। अब न्युजिल्यान्डले वर्षा हुनुभन्दा अगाडिकै स्थिति ४६.१ ओभरबाट ब्याटिङ गर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को नियमअनुसार खेल रिजर्भ डेका लागि सारिएको हो। डक वर्थ लुइस पद्धतिमा भारतलाई लक्ष्य दिने प्रयास गरिए पनि निरन्तर वर्षाका कारण सो प्रयास सफल सकेन र खेल बुधबारलाई स¥यो।

ह्वाइट हाउसमा भेल पस्यो,वाशिङटन डुवानमा

अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक वर्षाका कारण डुवान भएको छ। वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक वर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो।

कम वर्षा, कम रोपाइँ

धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिए।

देशभर मनसुन सक्रिय

मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढीका कारण चीन जोड्ने सडक अवरुद्ध

अविरल वर्षाको कारण आएको बाढीले सडकमा क्षति पु¥याएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ।

पानीमाथिको बसाइँ

जानकी गाउँपालिका–५, पिप्रहवाका प्रेमबहादुर लोहनिया आइतबार दिउँसो घरभित्रै थिए। बाहिर वर्षा भइरहको थियो। घर अगाडिको बारीमा पानी भरिएर घरभित्र पस्दै थियो। उनी त्यहाँबाट बाहिर पनि जान खोजेनन्। असारे वर्षाले उनी चिन्तित थिए। घर अगाडि जमेको पानी धुमिलो थियो। त्यहीँ पानीमा उनकै अगाडि विषालु सर्प देखियो। उनी जुरुक्क खाटमा उभिए। सर्प पानीबाट तैरिएर उनकै खाटतिर आउँदै थियो। आँखा चिम्लेर कराए। खोल्दा सर्प कता गयो पत्तै भएन। यो नियमित उनको आइतबारको मात्र होइन। जब वर्षा हुन्छ तब उनको यो नियति दोहोरिन्छ।

वर्षेनी किन डुब्छ नेपालगन्ज उपमहानगर ?

अविरल रुपमा परेको वर्षाले शनिबार पनि नेपालगन्ज उपमहानगरको विभिन्न क्षेत्र छिनभरमै जलाम्य भयो। ढल तथा नालामा पानीको सहज निकास नहुँदा घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, सदरलाईन लगायत क्षेत्र जलाम्य भए।

जापानमा भीषण वर्षा, १० लाखभन्दा बढी स्थानान्तरण

लगातारको भीषण वर्षापछि जापानको क्युसु टापुका १० लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आदेश दिइएको छ। भीषण वर्षाका कारण बाढी र पहिरो जानसक्ने चेतावनी जारी भएसँगै क्युसु वरपरका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्नका लागि प्रशासनले आदेश दिएको बिबिसीले उल्लेख गरेको छ। कागोसिमा र मियाजा क्षेत्रमा बस्ने बासिन्दालाई पनि तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आदेश दिएको छ। निरन्तरको वर्षापछि आएको पहिरोले कागोसिमा सहरमा रहेको एउटा घर भत्किँदा एक वृद्ध महिलाको ज्यान गएको जापानी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ। स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताएकाे छ।

अविरल वर्षापछि छ लाख व्यक्तिलाई अन्यत्रै सार्न आदेश

जापानको उत्तरपश्चिमी राज्य कागोशिमामा वसोवास गर्दै आएका करिब ६ लाख स्थानीयहरुलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यम एनएचकेले बुधबार जनाएको छ।

वर्षाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु

भारतमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ। महाराष्ट्र प्रान्तको पुणेमा पर्खाल भत्किँदा उनीहरूकाे मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

वर्षा ढिला हुँदा धान रोपाइँ कम

मुलुकभर समयमा वर्षात् नहुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार गत वर्षको तुलनामा साढे तीन प्रतिशत कम रोपाइँ भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्