५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसमा भेल पस्यो,वाशिङटन डुवानमा

वासिङटन डिसी- अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक वर्षाका कारण डुवान भएको छ। वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक वर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो।

राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन्। बाढीबाट सडक तथा घरहरु डुबेका छन्। 

अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो। रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन्। अचानक आएको बर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउससमेत पानीबाट प्रभावित भएको थियो। त्यसैगरी महत्वपुर्ण दस्तावेजहरु रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ।

सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन्। कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। एएफपी

प्रकाशित: २४ असार २०७६ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App