५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नौ लाख बराबरको भन्सार छलीका सामान बरामद

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका नौ लाख रूपैयाँ बराबरको सामान बरामद गरेको छ। प्रहरीले आज जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका नौ लाख एघार हजार एक सय १० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार धनगढीबाट करिब पाँच लाख पाँच हजार सात सय ८० बराबरको किराना सामान, तामा पित्तलका भाँडा, मिठाइ, प्याज र प्लास्टिक तथा भजनीबाट दुई लाख ३० हजार रूपैयाँ मूल्य बराबरको प्याज, मोटरसाइकल र चिनी बरामद गरिएको छ।

टीकापुरबाट एक लाख ३२ हजार सात सय ३० बराबरको किरानाका सामान, प्लास्टिकका खेलौना, शृङ्गारका सामान, चिनी र प्याज, गोदावरीबाट २६ हजार छ सय बराबरको कपडा र कैलारी गाउँपालिकाबाट१६ हजार रूपैयाँ बराबरको बोइलर कुखुरा बरामद गरिएको उनले बताए।

बरामद गरिएका अवैध मालसामानसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

प्रकाशित: ५ आश्विन २०८१ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App