२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा भीषण वर्षा, १० लाखभन्दा बढी स्थानान्तरण

मियाजाकीमा बुधबार परेको अविरल वर्षामा छाता ओढेर हिँड्दै स्थानीय। तस्बिर ः एपी

टोकियो – लगातारको भीषण वर्षापछि जापानको क्युसु टापुका १० लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आदेश दिइएको छ। भीषण वर्षाका कारण बाढी र पहिरो जानसक्ने चेतावनी जारी भएसँगै क्युसु वरपरका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्नका लागि प्रशासनले आदेश दिएको बिबिसीले उल्लेख गरेको छ। कागोसिमा र मियाजा क्षेत्रमा बस्ने बासिन्दालाई पनि तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आदेश दिएको छ। निरन्तरको वर्षापछि आएको पहिरोले कागोसिमा सहरमा रहेको एउटा घर भत्किँदा एक वृद्ध महिलाको ज्यान गएको जापानी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

भीषण वर्षाका कारण बाढी र पहिरो जानसक्ने चेतावनी जारी भएसँगै क्युसु वरपरका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्नका लागि प्रशासनले आदेश दिएको बिबिसीले उल्लेख गरेको छ।

प्रधानमन्त्री सिन्जो आबेले पनि सहरवासीलाई आफ्नो ज्यान जोगाउने कदम चाल्नका लागि आग्रह गरेका छन्। जापानको स्वयं–रक्षा फौजलाई राहत तयारीसहित सहयोग गर्न कागोसिमा जिल्लाले आग्रह गरेको गभर्नर सातोसी मिटाजोनाले जनाएका छन्। कागोसिमा सहर, किरिसिमा र अ‍ैराकाका समग्र जनतालाई तत्काल सुरक्षित स्थानमा जान आदेश दिइएको छ। त्यसैगरी क्युसु टापुको दक्षिणतर्फका करिब नौ लाख ३० हजार मानिसलाई पनि अन्यत्रै सर्न सुझाव दिइएको अधिकारीहरुले बताएका छन्। यद्यपि स्थानीय समयअनुसार बुधबार चार बजेसम्म देशको अग्नि तथा  प्रकोप व्यवस्थापन निकायले भने मात्र चार हजार जति जनतालाई सुरक्षित स्थानतर्फ सारिएको जनाएको छ।

गत शुक्रबार यतामात्रै क्युसु टापुमा एक हजार मिलिमिटर वर्षा भएको जापानको मौसम विभागका अधिकारीहरुले बताएका छन् भने जापानको जल तथा मौसम विभागले भने अझै केही साता सो क्षेत्रमा वर्षा हुने बताइरहेको छ। त्यसैगरी टापुको दक्षिणी क्षेत्रमा बिहीबार दिउँसोसम्ममा थप तीन सय ५० मिलिमिटर वर्षा हुने अनुमान पनि जल तथा मौसम विभागले गरेको छ। केही क्षेत्रमा भने प्रत्येक घण्टा करिब ८० मिलिमिटरसम्म वर्षा हुने पनि बताइएको छ।

दशकौंपछि आएको लगातारको वर्षाले ल्याएको बाढीका कारण गत जुलाई महिनामा जापानको पश्चिमी क्षेत्रमा करिब दुई सयजनाको मृत्यु भएको थियो। सन् १९८२ देखि जापानमा वर्षात्को कारण यति धेरैको संख्यामा मानिसको मृत्यु भएको थियो। भीषण वर्षापछिको बाढी र पहिरोका कारण सो क्षेत्रमा त्यतिबेला करिब २० लाख मानिसलाई स्थानान्तरण गरिएको थियो भने करिब ७० हजार आपत्काली कामदारलाई प्रयोग गरिएको थियो।

प्रकाशित: १९ असार २०७६ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App