काठमाडौंमा पोषणसम्बन्धि विश्व सम्मेलनमा हुने
पोषणसम्बन्धि विश्व सम्मेलनमा पनि नेपालमा हुने भएको छ।
पोषणसम्बन्धि विश्व सम्मेलनमा पनि नेपालमा हुने भएको छ।
बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ। गाउँपालिकाले पाँचौं गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ।
पोषणविद डा. अरुण उप्रेती क्वाँटी खानुको फाइदा विज्ञान ले पनि पुष्टि गरेको बताउँछिन्। उनका अनुसार गेडागुडी भिजाए र टुसा उम्रिन्छन्, त्यस मा साधारण गेडागुडी भन्दा १० देखि २० गुणासम्म बढी भिटामिन, मिनरल, प्रोटिन तथा फाइबर को मात्रा हुने उनी बताउँछिन्।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १५ करोडभन्दा बढी बालबालिका कुपोषणले प्रभावित भएका छन्। तर हालै अमेरिकी वाशिंटन विश्वविद्यालयका वैज्ञानिकको एक अनुसन्धानका अनुसार यी तीनवटा चिज चना, बदाम र केराले कुपोषण हटाउने बताइएको छ। यी तीन चिजबाट बनेको आहारले शरीरभित्रका कीटाणुका लागि फाइदा मिल्छ। जसले बच्चाको तीव्र विकास हुने ती वैज्ञानिकले जनाएका छन्।
‘आहारा नै औषधि हुनुपर्छ र औषधि नै आहारा हुनुपर्छ’, हिपपोक्रेटसको भनाइ छ। प्रोटिन, भिटामिन, बोसो कार्बोहाइड्रेड, खनिज पदार्थ, पानीजस्ता तत्त्व व्यक्तिको शरीरलाई अत्यावश्यक हुन्छ।
डाइटिसियन अस्पताल र समु्दायको लागि अपरिहार्य जनशक्ति हुने विश्वभरको अभ्यास हो। अझ अस्पतालमा आउने बिरामीको लागि डाइटिसियन अनिवार्य सर्त हो। नेपालमा भने सरकारी अस्पतालमै डाइटिसियनको अभाव छ। औंलामा गन्ने अस्पतालमा डाइटिसियन छन् भने भएका पनि सीमित संख्यामा रहेको नेपाल डाइटिसियन संघले औल्याएको छ।
कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर तीन युवाहरूको साथमा ‘सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)’ को सुरुवात गरेकी बोनिता शर्मा ‘लिड २०३० च्यालेन्ज’को विजेता घोषित भएकी छिन्।
४७ प्रतिशत बालबालिकाले पौष्टिक आहार खान नपाएको शिशु तथा बाल्यकालीन पोषण शाखाले जनाएको छ। नेपाल जनसांख्यिक सर्वेक्षणले सो औंल्याएको हो। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखाले सो जानकारी सार्वजनिक गरेको हो। सर्वेक्षण अनुसार ४६ प्रतिशत गर्भवती महिला, ५३ प्रतिशत ५ वर्ष मुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित छन्।
बच्चालाई खाना खुवाउनु मुस्किल काम हो। तर, यसमा लापरवाही गर्ने हो भने बच्चामा न्युट्रिसनको कमी हुन सक्छ, जसको प्रभाव जीवनभर देखिन सक्छ। यहाँ बच्चालाई खाना खुवाउने केही टिप्स दिइएको छ।
आधुनिक कृषि विकासको अवधारणासँगै प्रतिएकाइ जमिनबाट धेरै र स्वस्थकर उत्पादनका लागि वागवानीमा तन्तु प्रजनन, एकीकृत शत्रुजीव तथा खाद्यतत्व व्यवस्थापन, आधुनिक संरचना तथा सिँचाइ प्रविधिको अवलम्बन गर्नुपर्छ। तरकारी, फलफूल तथा पुष्प बालीको खेतीमार्फत खाद्य तथा पोषण सुरक्षा र आय आर्जनका लागि आधुनिक प्रविधिले तीव्रता पाएको छ।
विज्ञान सदैव अग्रगामी हुन्छ। आजको वैज्ञानिक आविष्कारले भोलिको मार्गचित्र कोर्छ। गल्ती नदोहो-याउनु विज्ञानको मर्म हो। अनुसन्धानात्मक निष्कर्षका आधारमा मेडिकल साइन्सका प्रोटोकलहरू लेखिन्छन्, सच्याइन्छन्। केही वर्षअघिसम्म माछा/मासु नखाए शरीरलाई आवश्यक पोषण पदार्थ पुग्दैन भन्ने मान्यता थियो चिकित्सा विज्ञानमा। त्यसैअनुसारको सल्लाह दिन्थे डाक्टरहरू। तर उक्त धारणामा अहिले परिवर्तन आयो। अनुसन्धानात्मक आकडाले मांसाहारी खानाभन्दा शाकाहारी भोजन खाने मानिस बढी स्वस्थ देखाएपछि तद्नुरूपका खानपिन आचारसंहिता बनाउने निचोडमा पुग्यो मेडिकल साइन्स।
बेलकोटगढी नगरपालिका–७ रातमाटेकी विन्दा श्रेष्ठ सुनौलो हजार दिने महिलाअन्तर्गत पर्छिन्। उनले बच्चा बिरामी हुँदा तथा स्वास्थ्यसँग सम्बन्धित कुनै विषयबारे जानकारी लिनुपरेमा स्वास्थ्य स्वयंसेविका र आफूजस्तै हजार दिने महिलासँग कुरा गर्नुपरेमा फोन गरेर समस्या समाधान गर्छिन्।
यमनमा तीन वर्ष यता भएको द्वन्द्वका कारण कुपोषणमा परी ५ वर्ष मुनिका करिब ८५ हजार बालबालिकाको निधन भएको हुन सक्ने एक प्रमुख दातृ संस्थाले बताएको छ।
नेपालका विभिन्न सडक सञ्जालका पुल मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजनाका लागि नेपाल सरकार र विश्व बैंकबीच एक संझौतापत्रमा हस्ताक्षर भएको छ। संझौता अनुसार दुई छुट्टा छुट्टै कार्यक्रमका लागि आज अर्थमन्त्रालयमा कूल १८ अर्ब रुपैयाँको सम्झौता भएको हो।
प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पिआरपी भनिन्छ । प्रशोधित पिआरपी कपाल उमार्न छालामा हालिन्छ । पिआरपी भनेकै प्लाज्मा हो, जसमा प्लेटिलेट कोषिकाको मात्रा धेरै हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पिआरपी गर्ने भनिएको हो ।