देउडाबाटै पोषण सन्देश छर्दै
जुम्लाको हिमा गाउँपालिकाका महिला देउडाको माध्यमबाट पोषण सन्देश दिँदै आएका छन्। उनीहरु देउडाबाटै पोषणको अवस्था, महत्व र पोसिलो खानेकुरा खुवाउने विषयमा स्थानीयलाई जागरुक गर्दै आइराहेका छन्। स्थानीय भाषाशैलीबाट प्रस्तुत हुने देउडा गीतले यहाँको संस्कृतिको संरक्षण पनि हुने र लक्षित वर्गसम्म सहजै रुपमा पोषण आहारबारे ज्ञान दिन सकिने भएकोले जनचेतनाको माध्यम नै देउडा भएको हो।