११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दिक्तेल महोत्सवको तयारी तीव्र

खोटाङको दिक्तेलबजारमा सञ्चालन गर्न लागिएको प्रथम दिक्तेल महोत्सवको तयारी तीव्र पारिएको छ। ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पुर्वाधार’ भन्ने नारासहित आगामी फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक उद्योग बाणिज्य संघ खोटाङले जनाएको छ।

महोत्सवमा राजकुमार–राक्षस युद्ध

सेतो दौरा–सुरुवाल, त्यसमाथि कालोमा सेतो छिर्का भएको अस्कोट। शिरमा ढाकाटोपी। निधारमा रातो र कालो टीका। धेरै संख्याका प्रौढ र थोरै युवाको हुल मादल बजाउँदै मञ्चमा उक्लिेको आकृति देखिन्छ।

ज्ञान विज्ञान सिकाउन तोलीमा धार्मिक महोत्सव

तोली स्वास्थ्य चौकीको भवन निर्माणका लागि जमिन खरिद गर्न बडिमालिका त्रिवेणी धार्मिक महामहोत्सव आयोजना गरिएको छ। माघ २७ बाट औपचारिक कलश यात्रासहित महोत्सवको सुभारम्भ गरिएको मुल आयोजक समिति संयोजक मानबहादुर भण्डारीले बताएका छन्।

सभागृहमा राष्ट्रिय कविता महोत्सव हुने

टोखास्थित न्हुजः खलः पुस्तकालयले राष्ट्रिय युवा कविता प्रतियोगिता तथा कार्यशालाको आयोजना गर्ने भएको छ। विभिन्न जिल्लाबाट छनोट भएका एक सयजना कविहरूले महोत्सवमा प्रतिस्पर्धा गर्दैछन्।

महोत्सवमार्फत संस्कृति संरक्षण

महोत्सव भन्नेबित्तिकै आम मानिसमा हाटबजार, किनमेल, आफ्ना उत्पादनको प्रदर्शनी तथा बाजागाजासहितको रंग रमाइलो कुराको मात्र याद आउने गर्दछ।

पहिलो गैडहवा ताल महोत्सव हुने

गैडहवामा प्रथम ताल महोत्सव हुने भएको छ। विश्व सिमसार क्षेत्रमा सुचीकृत गैडहवा तालको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० तथा लुम्बिनी भ्रमण वर्ष २०७६ मा सहयोग गर्न फागुन १ गतेदेखि १० गतेसम्म महोत्सव हुने भएको हो।

राष्ट्रिय बालनाटक महोत्सवमा शैली संवाद

रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त आयोजना गरिएको ‘११ औं राष्ट्रिय बालनाटक महोत्सव’ को तेस्रो दिन ‘शैली संवाद’ शीर्षकमा छलफल गरिएको छ।

राष्ट्रिय बाल नाटक महोत्सव सुरु

शैली थिएटरको आयोजनामा राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ। बुधबार राजधानीको रसियन कल्चर सेन्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले महोत्सवको उद्घाटन गरेका थिए।

फागुन २ बाट धादिङ महोत्सव

आगामी फागुन २ देखि १३ गतेसम्म ‘सातौं धादिङ महोत्सव २०७६’ हुने भएको छ। धादिङ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो।

दोस्रो रामेछाप महोत्सव हुने

कृषि, पर्यटन प्रवद्धन गर्ने हाम्रो सान, कला संस्कृति जगेर्ना रामेछापको पहिचान भन्ने मुल नाराका साथ रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृति तथा औद्योगिक व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।

सुरु भयो तेस्रो गैंडाकोट महोत्सव

उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरले तेस्रो गैंडाकोट महोत्सव आयोजना गरेको छ। महोत्सवको औपचारिक उद्घाटन भने भएको छैन। महोत्सव आयोजना सुरु हुनुभन्दा पहिले शोभायात्रा गरिएको थियो।

महोत्सवमा सात प्रदेशका गजलकार

नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा राष्ट्रिय गजल महोत्सव सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्