१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कालिका कप भलिबलमा चार खेल

चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएका छन्।

समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माणमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। ललितपुरको पुल्चोक, नःटोलमा बुधबार सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सो धारणा राखेका हुन्। ‘सरकारको आफ्नो स्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसँगै जनतामा रहेका स–साना पुँजी संकलन गरेर गरिने लगानीलाई उच्च प्राथमिकता दिनुपर्छ,’ उनले भने

बेइजिङमा लुम्बिनी शान्ति बगैँचा

भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् र त्यो ठाउँ नेपालमा पर्छ भन्ने सन्देश पनि एकैपटक करोडौं चिनियाँमा पुग्नेछ।

पाल्पामा कृषि, पर्यटन तथा सांस्कृतिक मेला सुरु

वैशाख २ गतेसम्म चल्ने मेला उद्घाटन गर्दै पूर्वमन्त्री पाण्डेले कम्युनिस्ट सरकारले जनताको भावना बुझेर काम गर्दै आएको उल्लेख गरे।

लगानी सम्मेलनको छायामा व्यापार मेला, भारत–पाक तनाव पनि कारक

पाकिस्तान र भारतबीचको सीमा विवादको यतिवेला नेपालमा भइरहेको व्यापार मेलामा प्रत्यक्ष रुपमा देखापरेको छ। ८ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा पाकिस्तानले २५ वटा स्टल बुक गरेको थियो। तर उसले दुई वटामा मात्र भाग लियो। दुई देशबीचको विवादले बुकिङ भएका स्टलसमेत त्यत्तिकै रहे।

अर्ध महाकुम्भ मेलामा करोड बढी भक्तजन भित्र्याइँदै

सुनसरी चतराधाममा यही चैत २३ गतेदेखि सुरु हुने ‘दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला’को तयारी तीव्र पारिएको छ। प्रदेश १ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई जिम्मेवारी दिई मेलाको काम तीव्र पारिएको हो। महाकुम्भ मेलाका लागि आवश्यक तयारी गर्न प्रदेश सरकारले मन्त्री कार्कीलाई जिम्मेवारी तोकेर खटाइसकेको छ। शास्त्रीय प्रमाणका आधारमा हुन लागेको उक्त मेला एक महिनासम्म चल्नेछ।

पाठक बढाउन मेला

पठन संस्कृति विकास समाजको आयोजनामा भएको मेलामा रहेका १२ स्टलमा झण्डै सय बढी प्रकाशन गृहका नयाँ र पुराना पुस्तक छन्। समाजका सदस्य कृष्ण अविरलले ठुला घर भएर पनि घर भित्र एउटा पुस्तकालय नहुने परिवारका लागि मेला लक्षित रहेको बताए।

अंग्रेज लखेटिएको ठाउँमा होली मेला, पहिलोपटक जोडियो सेना

रौतहटको ऐतिहासिक समनपुर मेलामा नेपाली सेना पनि जोडिएको छ। जिल्लाको गढीमाई नगरपालिकाको समनपुरमा २०५ वर्षदेखि लाग्दै आएको होली ऐतिहासिक समनपुर मेलामा नेपाली सेनाको टोलीले पहिलोपटक विभिन्न झाँकी प्रस्तुत गरेको छ। नेपाली सेनाको गौरमा रहेको इन्द्रबक्स गणले समनपुरमा सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धको क्रममा भएको युद्धको सम्झनामा पहिलोचोटि सार्वजनिक रुपमा विभिन्न कार्यक्रम प्रस्तुत गरेको छ।

भुकुटीमण्डपको जुत्ता मेलामा ३० वटा ब्रान्ड

भृकुटीमण्डपमा विवाह तथा पार्टीलाई लक्ष्य गरेर सुरु गरिएको ‘शुभविवाह महाकुम्भ जुत्ता मेला’मा विभिन्न ३० ब्रान्डको जुत्ता राखिएको छ। फागुनमा विवाहको लगन र पार्टी हुने समय भएकाले उपभोक्तालाई चाहिने सबै प्रकारका जुत्ता मेलामा उपलब्ध गराइएको छ।

दुई दिनमा सवा १० करोडको कारोबार

राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । शनिबारसम्म मेला एक लाख ८७ हजारजनाले अवलोकन गरेका छन्।

वैशाखमा पर्यटन मेला

गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले काठमाडौंको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टिक टुरिजम मार्ट–२०१९’ गर्ने भएको छ।

प्रांगारिक कृषि प्रवद्धन मेला सम्पन्न

रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्न जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको बाह्रौं राष्ट्रिय प्रांगारिक कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ।

हेटौंडामा व्यापार मेला सुरु

प्रदेश ३ को राजधानी हेटौंडामा शनिबारदेखि ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पडाँडा चौरमा सुरु मेला मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको हो।

अग्रगतिमा हिँड्न एकता जरुरी : पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। सदरमुकाम धादिङबेंसीमा शुक्रबार धादिङ पर्यटन तथा औद्योगिक मेला उद्घाटन कार्यक्रममा यादवले हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गरेर मात्रै मुलुकलाई अग्रगतिको बाटोमा अघि बढाउन सकिने बताए। लोकतान्त्रिक प्रणालीमार्फत् मुलुकलाई समृद्ध बनाउन सबै पक्ष अग्रसर हुनुपर्नेमा उनको जोड थियो।

बालमैत्री शिक्षण गर्ने प्रतिबद्धता

ओखलढुंगाको विकट क्षेत्रमा कार्यरत शिक्षकहरूले आउने शैक्षिक सत्रदेखि बालमैत्री शिक्षण अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले दस दिन सञ्चालन गरेको बालमैत्री शिक्षण सिकाइ वातावरण विकास कार्यशालामा सहभागी शिक्षक–शिक्षिकाले यस्तो प्रतिबद्धता जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्