११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विद्युत उत्पादनमा तेस्रो मुलुकलाई रोक

नेपालमा तेस्रो मुलुकका जलविद्युत लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाएको छ। भारतीय ऊर्जा मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको हो।

प्रधानमन्त्रीले भने–मुलुक अब निर्वाचनतर्फ अघि बढ्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव संसदमा दर्ताभएसँगै मुलुक निर्वाचनतर्फ अघि बढेको दाबी गरेका छन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेताहरुसँग बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले मुलुक निर्वाचतर्फ अघि बढेको बताएका हुन्।

२८ मुलुकबाट १ अर्ब ६० करोडको  चक्लेट

देशमा चक्लेट उत्पादन गर्ने क्षमता हुँदाहँुदै पनि विदेशबाट हरेक वर्ष अर्बौंको आयात हुने गरेको छ। उत्पादन क्षमता वृद्धि र विदेशी ब्रान्डका चक्लेटसँग प्रतिस्पर्धा गर्न नसक्दा उपभोक्ताको रोजाइमा विदेशी चक्लेट पर्न गएको हो।

स्थानीय तह पुनःसर्चनाले मुलुकभरि विवाद

स्थानीयलाई भौगोलिक रूपले पनि सरकारी सेवा सर्वसुलभ बनाउने उद्देश्यले स्थानीय तह पुनर्संरचनाको कार्य चलिरहेको छ। तर, कतिपय तहको नाम आफूहरूको मागभन्दा फरक परेको, पहिलेको भन्दा टाढा र अपायक स्थानमा केन्द्र तथा वडा कार्यालय राखिएको भन्दै विवाद बढिरहेको छ । पूर्वी पहाडका विभिन्न जिल्लामा यही विषयको विवादले झडपको रूप समेत लिइसकेको छ ।

एक वर्षभित्र निर्वाचन हुन नसके मुलुक खतरामा: मन्त्री लेखक

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ०७४ माघ ७ गते भित्र तीनवटै निकायका निर्वाचन हुन नसके देश खतरामा पर्ने बताएका छन्। स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन समयभित्र हुन नसके संविधानमै जटिलता आउन सक्न भन्दै निर्वाचनकालागि सरकारले पहल थालेको जानकारी दिए।

महाभियोग प्रस्तावका नाममा तीन दलले मुलुकप्रति षड्यन्त्र गरे: महताे

अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउने विषयमा आफूहरुसँग कुनै छलफल नभएको भन्दै महाअभियोग सिफारिस समितिमा पनि मधेसी मोर्चाका कुनै सांसदलाई नराखेको भन्दै महतोले आपत्ति जनाए। ‘यस्तो महत्वपूर्ण विषयमा हामीसँग छलफल गर्नु पर्दैन?,’ उनले भने, ‘महाभियोग लगाउने विषयमा पनि हामीसँग छलफल गरिएन, महाभियोग सिफारिस समितिमा पनि मोर्चालाई सहभागी गराइएन। के हामी गुलाम हौं?’

दल र मुलुकको भविष्य

राजनीति भनेको के हो ? राजनीति गर्ने भनेको के हो ? राजनीतिक दलहरू के प्रयोजनका लागि हुन् ? राजनीतिक दलहरूले राष्ट्र निर्माणमा के कस्तो भूमिका खेल्नुपर्छ ? यी र यस्तै अन्य प्रश्नको ठोस उत्तर पाउन मुस्किल हुन्छ । अझ यी प्रश्नको बौद्धिक विश्लेषण गर्ने हो भने प्रत्येक प्रश्नको छुट्टाछुट्टै पुस्तक तयार हुन सक्छ । यस लेखमा यी सबै प्रश्नबारे भन्दा पनि नेपालका राजनीतिक दलहरूले भोग्नुपरेका वा सम्बोधन गर्न नसकेका तीनवटा सवालमा चर्चा गरिनेछ ।

१६ मुलुकका सेनासहित पाकिस्तानमा सैन्य अभ्यास

सेनाको शारीरिक तथा सामरिक क्षमता बलियो बनाउन भन्दै पाकिस्तानले आगामी हप्तादेखि सैन्य अभ्यास गर्ने भएको छ। सो सैन्य अभ्यासमा विभिन्न १६ मुलुकका सैनिक सहभागी हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो सैन्य अभ्यास लाहोरमा हुने भएको छ।

‘पेरिस सम्झौता’ अनुमोदन, नेपाल पनि सम्झौताको संस्थापक मुलुक

काठमाडौं-जलवायु परिवर्तनका प्रभावस“ग जुध्न नीतिगत प्रक्रिया र पद्घति निर्माणमा विश्वभर सहयोगी मानिएको ‘पेरिस सम्झौता’ नेपालले अनुमोदन गरेको छ।

मुलुककाे समस्या समाधान नगरी प्रधानमन्त्री भारत जानु गलत: यादव

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुको कुनै औचित्य नहुने बताएका छन्।

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तिएको बताएका छन्। मुख्य तीन राजनीतिक दलबीचको सहकार्य र सहमति सत्तासँग मात्रै जोड्ने कार्य नेताहरुले गरेकाले सम्बन्धमा चिसो पसेको उनले बताए ।

मुलुकको सर्वोच्च निकायमा महिला पुग्नु जनयुद्धको देनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामखजस्तो गरिमामय पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको दाबी गरेका छन्। प्रधानमन्त्रीले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गरे।

मुलुक जोगाउन संविधान संशोधन आवश्यक:उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई संक्रमणबाट जोगाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। संघीय प्रेस फोरम सप्तरीले सोमबार विहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले मुलुक संक्रमणमा पर्नुको मुख्य कारण ‘जबरदस्ती लाद्न खोजिएको संविधान’ रहेको जिकिर गर्दै मुलुक जोगाउनका निम्ति संविधान संशोधनको विकल्प नै नरहेको धारणा राखे।

मुलुकमा फेरि राजनीतिक एवं संवैधानिक रिक्तता निम्तिने खतराः अोली

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कांग्रेस–माओवादी गठनबन्धन तोकिएको मितिमा निर्वाचन नगराएर मुलुकमा राजनीति तथा संवैधानिक रिक्तताको स्थितिमा पुर्याउने योजनामा रहेको बताएका छन्।

माथिल्लो कर्णालीमा फस्दै मुलुक

अरुण तेस्रो (४०२ मेगावाट) जलविद्युत आयोजना २०५१ सालतिर निकै चर्चामा थियो। त्यही क्षमतामा निर्माण सुरु भएको भए कम्तिमा ८ वर्ष वा २०६० को अन्तसम्म पूरा हुन्थ्यो। २०७३ साउनसम्म बिजुली उत्पादन भएकै १२ वर्ष ४ महिना पुग्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्