गणतन्त्र रोज्न पूर्वप्रधानमन्त्री टर्नबुलको प्रस्ताव, भन्छन् : राजतन्त्रको अब औचित्य छैन
सन् २०१५ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका टर्नबुलले सन् १९९९ मा भएको असफल जनमतसङ्ग्रहमार्फत राजतन्त्र अन्त्य गर्ने अभियानको नेतृत्व गरेका थिए। करिब तीन दशकपछि उनले पुनः गणतन्त्रको बहसलाई सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

