नेपाली राजनीति र महिला सहभागिताको सवाल: 'कोटा'मा सीमित गर्ने दलहरूमाथि प्रश्न!
विगतलाई फर्केर हेर्दा २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि पञ्चायतविरुद्धको संघर्ष, २०४६ र २०६२/६३ सालको जनआन्दोलनमा महिलाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै संगठन विस्तार, सडकदेखि सदनसम्म उल्लेखनीय भूमिका खेल्दै हरेक आन्दोलनदेखि भूमिगत संगठनसम्म महिलाको सक्रियता निर्णायक रह्यो।

