१२ मंसिर २०८१ बुधबार
image/svg+xml

उपकरण खरिद गर्न स्वास्थ्य मन्त्रालयले छुट्टायो ९६ करोड

स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ।

देवता बनाइँदा छुट्यो पढाइ

ऐतिहासिक मल्लकालीन नवदुर्गा गण नाचका क्रममा यहाँका विद्यार्थीको पढाइ छुट्ने गरेको छ। प्रत्येक वर्ष झन्डै आठ महिनासम्म चल्ने नाचमा यस वर्ष तीन विद्यार्थी संलग्न छन्।

'फास्ट ट्र्याक बनाउन छुट्याएको १० अर्ब के हुँदैछ?'

सरकारले विकासलाई हल्का ढंगले लिइरहेको भन्दै संसदमा आवाज उठेको छ। आइतबार संसदमा बोल्दै सांसद केशव बडालले २०२७, २०४५ र २०७२ मा भएका भारतीय नाकाबन्दी सम्झिँदै सरकार आत्मनिर्भर अर्थतन्त्रतर्फ नलागेको बताए।

साउदी जेलबाट छुटेका ११ नेपालीले प्रधानमन्त्रीलाई भने: जीवनयापन गर्ने वातावरण बनाइदिनुस्

विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरुलाई मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेका छन्।

लन्डन उच्च अदालतले भन्यो : इयुबाट छुट्टिने निर्णय संसदबाट मात्र हुनसक्छ

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। मंगलबार लन्डनस्थित उच्च अदालतले यसअघि गरेको फैसलालाई सदर गर्दै ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन नसक्ने निर्णय सुनाएको हो।

धोका दिने केटालाई जेलबाट छुटाएर विवाह

जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क बाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् ।

चैतदेखि चुरोट–सुर्ति बेच्न छुट्टै पसल

सरकारले जथाभावी रुपमा सूर्तीजन्य पदार्थको विक्रीवितरण नियन्त्रण गर्न चैतदेखि छुट्टै पसल सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ।

अतिरिक्त दूरसञ्चार सेवालाई छुट्टै लाइसेन्स

मोबाइल नेटवर्कमार्फत अतिरिक्त सेवा उपलब्ध गराउने सेवा प्रदायकले अब छुट्टै लाइसेन्स पाउने भएका छन्। अतिरिक्त सेवा दिने कम्पनीहरूको व्यवसायलाई व्यवस्थित गर्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स दिने भएको हो। यसले मोबाइल नेटवर्कमार्फत उपलब्ध गराउने अतिरिक्त सेवाको ब्रान्डिङ गर्न टेवा पुग्ने बताइन्छ।

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो। दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ।

बसमा छुटेको १ लाख बालकुमारीले फिर्ता पाइन्

यात्रुबाहक बसमा दुई दिन अघि हराएको १ लाख रुपैंया पीडितले फिर्ता पाएका छन्। छोराले विदेशबाट पठाएको रकम गाईघाटस्थित आईएमइबाट झिकेर घर जाँदा साउने १ का होमबहादुर मगरको उक्त पैसा गाडीमै छुटेको थियो।

जेल परेका श्रीमान् छुटाउन ३ हजार ज्यालामा लागूपदार्थ ओसारपसार

भारतबाट तीन हजार रुपैयाँ ज्यालामा लागूपदार्थ नेपाल भित्र्याउने युवा समूह सक्रिय रहेको पत्ता लागेको छ। लागूऔषध नियन्त्रण ब्युरोले एक साताअघि थालेको अप्रेसनमा दुई युवाले तीन हजार रुपैयाँ पाउने सर्तमा शरीरमा सयौं थान मनोद्दीपक लागूपदार्थ बेरेर भारतबाट काठमाडौं आएको खुलेको हो।

डिब्बा छुटेर इन्जिन कुदेजस्तो विकास : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजना तथा विकास निर्माणको काममा भएको सुष्तताप्रति असन्तुष्टि जनाउँदै सबै मन्त्री र सचिवलाई लक्ष्यअनुसारको प्रतिफल हासिल गर्न निर्देशन दिएका छन्।

इन्टरनेटको लत छुटाउने एप

गाउँ, सहर जतासुकै इन्टरनेट हिजोआज सबैको आवश्यकताको विषय बन्न पुगेको छ। इन्टरनेटबिनाको जीवन हिजोआज कल्पनासमेत गर्न सकिन्न। यस्तो अवस्थामा इन्टरनेट एउटा लतसमेत बन्न पुगेको छ। यसमा सोसल मिडियाले हामीलाई झनै पागल बनाइदिएको छ।

छुट्टिएको १४ महिना पछि दाहाल र भट्टराईले एउटै मञ्चबाट भने: हामी अहिले पनि मिल्न चाहन्छौं

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जीवनका तीन दशक कम्युनिष्ट आन्दोलमा सँगै विताए। दुवैले २५ बर्ष त माओवादी आन्दोलनका लागि एउटै कमिटीमा बसेर काम गरे। तर गत बर्ष असोज देखि दुवै अलग भएका छन्। २०७२ असोज ९ गते भट्टराईले तत्कालिन एनेकपा माओवादीबाट अलग भएको घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेका छन्।

साइबर आतंकविरुद्ध लड्न छुट्टै ब्युरो

टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकका डाटा ह्याक गरेको डेढ वर्षपछि जेठमा खुलासा भयो। केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल दुई बंगलादेशी नागरिकलाई यिनै बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेपछि पक्राउ गरी कारबाही चलाए पनि केकति तथ्यांक बाहिरिएको छ, अझै सार्वजनिक हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्