२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सडक बन्यो, पुल बनेन

सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बागमती–४ जोड्ने बागमती खोलाको पुल नौ वर्षौदेखि अलपत्र परेको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा राजमार्गअन्र्तगत पर्ने उक्त पुल २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा ठेक्का सम्पन्न गर्नेगरी निर्माणको जिम्मा लिएको थियो।

अध्यक्ष कप खुला फुटबल हुने

बुधबारबाट बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता हुने भएको छ।

बागमतीको डरलाग्दो कटान

हालसम्म सयौं विगाह खेतियोग्य जमिन कटान गरेर झारिसकेको र समयमै नियन्त्रण नगरे खोला बस्तीमै पस्ने त्रासले स्थानीय चिन्तित बनेका छन्। तत्काल पक्की तटबन्ध निर्माण नगरे नदी सोझै बस्तीमा पस्ने जोखिम बढेको स्थानीय ईन्द्र न्यौपानेले गुनासो गरे।

घर डुबानमा परेपछि...

घर डुबानमा परेपछि बागमतीको बाँधमा प्लाष्टिकको छाना हालेर अभिभावकले बनाएको टहरोमा टोलाइरहेकी सर्लाही धनकौल गाउँपालिका–३, ढापटोलकी एक बालिका। ढापटोलका ६२ परिवार गत बिहिबारदेखि बागमतीको बाँधमा प्लाष्टिक तथा त्रिपालको टहरा बनाएर बसिरहेका छन्।

रौतहट सदरमुकाम गौरमा बाढी पस्याे, ४३२ घरपरिवार विस्तापित

बिहीबारदेखि अबिरल परेकाे पानीले राैतहटमा लालबकैया र बागमतीको तटबन्द भत्किएको करिव ६ घण्टा पछि सदरमुककाम गौरमा पानी पसेको छ।

बाँध फुटेपछि सुरक्षित स्थानमा सारियो

बागमती नदीको बाँध फुटेर बाढी बस्तिमा पसेपछि रौतहट प्रहरीले करिब २५ घरका १ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ। गढिमाइ नगरपालिका–३ लक्ष्मिपुर नजिक तटबन्ध फुटेपछि लक्ष्मिपुरका १ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको हो।

बागमती नदी मुआब्जा विवाद संसदीय समितिमा,मुआब्जा दिन सकिँदैन: सहरी मन्त्री

–उक्त जमिनको मुआब्जा दिन कानुनी आधार छैन। प्रमाण नभएको जग्गाको मुआब्जा दिन सकिँदैन। जग्गा प्राप्ति ऐनबाहिर गएर मुआब्जा वितरण गर्न मिल्दैन।

बागमतीमा बस खस्दा चालकको मृत्यु

सर्लाहीको बागमतीबाट सिन्धुलीको महेन्द्रझाडी जोड्ने सडकखण्डमा गुडिरहेको बस बागमती नदीमा खस्दा चालकको मृत्यु भएको छ।

बागमती नगरपालिकाद्वारा फ्रेन्ड्स स्तब्ध

तेस्रो राजर्षि जनक कप फुटबलमा आइतबार आयोजक बागमती नगरपालिकाले कठिन जित निकालेको छ। पाँच राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको बागमतीले फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। बागमती युवा क्लबद्वारा सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजित खेलको अन्तिम समयमा भएको गोल नै निर्णायक बन्यो। बागमतीका रितिक खड्काले ८८औं मिनेटमा गोल गरे।

भोलिबाट बागमतीमा ठूलो डुंगा चल्ने

सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट(ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ।

बागमतीमा ठूलो डुङ्गा चल्ने

सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट (ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ ।

बागमती युवा क्लबद्वारा सरस्वती पराजित

सरस्वती युवा क्लब, काठमाडौंलाई ३–१ गोलले पराजित गर्दैै आयोजक बागमती युवा क्लब (नीलो) ले सोमबारदेखि सर्लाहीको बागमतीमा सुरु भएको तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

प्रदेशकै सर्वाधिक धनराशीको राजर्षि जनक कप चैत २५ देखि

राजर्षि जनक कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी चैत २५ गतेदेखि हुने भएको छ। आयोजक बागमती युवा क्लबले विहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरेको छ। प्रथम पुरस्कार १० लाख नगदसहित राजर्षि जनक कप तथा दोस्रो पुरस्कार ५ लाख रुपैंया रहेको प्रतियोगितामा दुई विभागीय एवं एक विदेशी टोलीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।

बागमती नदी बग्ने जग्गाको मुआब्जा विवादमा

बागमती सभ्यता एकीकृत विकास समितिले आयोजना सञ्चालन गर्दा नदी बगेको क्षेत्र र यसको मुआब्जाको विषय विवादमा आएको छ। आयोजनाको कार्यालयले नदीको बहाव परिवर्तन नगरेको दाबी गरिरहँदा जग्गाधनी स्थानीय बासिन्दाले भने समितिले बहाव परिवर्तन गराएको दाबी गरेका छन्। उनीहरुले आयोजनाले नदीको बहाव परिवर्तन गरकाले उचित मुआब्जा पाउनुपर्ने जिकिर गरेका छन्। बागमती नदी किनारमा मुआब्जाको विवाद दुई दशकदेखि चलिरहेको छ।

बागमतीमा साढे चार अर्ब कुम्ल्याउने प्रपञ्च

भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको छ। राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको एक सय ८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ। यही समितिअन्तर्गत बागमती विकास आयोजना सञ्चालित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्