२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बागमतीको काम २० दिनदेखी ठप्प, पीडितद्वारा विरोध

बागमती पीडित सघंर्ष समितिले बागमती नदी सौन्दर्यीरणको कामलाई २० दिन देखि ठप्प पारेका छन्। पीडित किसानहरुलाई २२ वर्षसम्म पनि जग्गाको मुआब्जा दिन सरोकार निकायले आलटाल गरेपछि विरोध जनाइ माघ २८ गतेबाट काम रोकेका हुन्। बागमतीले किसानको जग्गा खोसेको यतिका वर्ष बित्दा पनि मुआब्जाको विषयमा कुनै सरोकारवाला निकायले पहल नगरेपछि विरोध गरी माघ २८ बाट काम ठप्प पारेको पीडित संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले बताए।

२२ वर्षसम्म पनि मुआब्जा पाएनन् किसानले

बागमती नदी आसपासका किसानले २२ वर्ष बित्न लाग्दा पनि जग्गाको क्षतिपूर्ति पाउन सकेका छैनन्। बागमती सौन्दर्यकरणको विकास गर्दाखेरी किसानको जग्गा बागमतीले खोसेको थियो।

हिजो कलकल, आज ढलैढल

बागमती सरसफाइ हरेक हप्ता गरिन्छ। यसको एउटै उद्देश्य हो– बागमती स्वच्छ र सफा बनोस्। तर, नदी सफाको नाममा बाहिर फालिएका फोहर उठाउने काम मात्रै गरिएको छ। नदीलाई दूषित पार्ने ढलको व्यवस्थापन भने जस्ताको तस्तै छ।

बागमती सफाइ अभियानलाई टेलिकमको सहयोग

नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

बागमती बहाव

बागमती नदी सफाइ अभियानले ३ सय साता पूरा गरेको छ। यस अवधिमा अभियानका नाममा अर्बौं रुपैयाँ खर्च भएको छ। केही प्रगति पनि हासिल भएका छन्। यो अवधिमा यस अभियानका क्रममा स्थानीयदेखि प्रहरी, सेना हुँदै विद्यार्थी र विभिन्न राजनीतिक दलसँग सम्बन्धित हजारौंले श्रम खर्चेका छन्। तर खर्च र श्रमअनुसारको प्रगति भए÷नभएकोबारे भने बहस गर्नुपर्ने अवस्था छ। नदी सफाइ अभियानले ३ सय साता पूरा गरेको छ। यस अवधिमा अभियानका नाममा अर्बौं रुपैयाँ खर्च भएको छ। केही प्रगति पनि हासिल भएका छन्। यो अवधिमा यस अभियानका क्रममा स्थानीयदेखि प्रहरी, सेना हुँदै विद्यार्थी र विभिन्न राजनीतिक दलसँग सम्बन्धित हजारौंले श्रम खर्चेका छन्। तर खर्च र श्रमअनुसारको प्रगति भए/नभएकोबारे भने बहस गर्नुपर्ने अवस्था छ।

करेन्ट लागेर एकको मृत्यु

जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका–१२, कर्मैया निवासी एक युवकको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।

आहा ! कति सुन्दर बागमती

बाघद्वारदेखि सुरु भएको बागमती नदीको काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य खण्ड चोभारको गल्छी हो। पहिले उपत्यका एउटा दह जस्तो थियो। बागमतीको अन्त्य हुने ठाउँ यही दह नै थियो। प्राचीन किंवदन्ती अनुसार चीनबाट आएका मञ्जुश्रीले चोभारको डाँडा काटेर गल्छी बनाइ यहाँको पानी बाहिर पठाएर मानव वस्ती विकास गर्न सघाए।

बागमती सफाइ महाअभियान : हालसम्म करिब १० लाखकाे सहभागिता

बागमती सफाइ महाअभियानको २८६ औं साता सम्पन्न भएकाे छ। २८६ अाैं सातामा बुद्धनगर पुल क्षेत्रमा सरसफार्इ गरिएकाे छ। अभियानमा नेपाली सिनेमा जगतकी सदाबहार नायिका करिष्मा मानन्धरको विशेष उपस्थिती रहेको थियो।

बागमतीमा राेकियाे नयाँ माेटरसाइकलकाे दर्ता प्रक्रिया

कानुनी अड्चनका कारण बागमतीमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया दुई दिनदेखि बन्द भएको छ।

बागमतीकाे कटान राेक्न अस्थायी स्पर निर्माण

नेपाली सेना सहित तीनवटा सुरक्षा निकायको टोलीले बागमती नदीको कटान रोक्न अस्थायी स्पर (बहाव कम गर्ने ठोक्कर) बनाएको छ। नेपाली सेना रणशेर गणका ५०, नेपाल प्रहरीका २० र सशस्त्र प्रहरीका २० जना सुरक्षाकर्मीले दुई दिन लगाएर बागमतीको कटान क्षेत्रमा अस्थायी स्पर निर्माण गरेको हो।

बागमती नदीको कटान रोक्न अस्थायी स्पर निर्माण

केहि दिन अघि रौतहटको बागमती नदीमा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान हुन थालेपछि नगरपालिकाको पहलमा तटबन्धनको काम सुरु भएको छ । नदीले जमिन कटान गर्दै वस्ती नजिक पुग्न थालेपछि जोखिम समेत बढ्दै गएको छ ।

कटानको जोखिममा बागमती र बकैया नदी किनारका गाउँ

रौतहटको दुई ठूला नदी बागमती र बकैयाका किनारमा बस्ती रहेका दर्जनौँ गाउँ कटानको खतरामा रहेका छन्। बागमती र बकैया नदीमा आएको बाढीले नदी किनार कटान गर्न थालेपछि त्यस क्षेत्रका गाउँ खतरामा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्