९ मंसिर २०८१ आइतबार
image/svg+xml

बयान गरेर नसकिने शब्द ‘आमा’

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्न दिन। सेलिब्रेटी होस् या आमसाधारणहरु। आफूलाई जन्मदिने माताप्रति श्रद्धा, सम्मान र माया व्यक्त गरेर मनाएका छन्।

मातातीर्थ मेला स्थगित

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला नहुने भएको छ।

‘रामायण सर्किट’ तीर्थाटन एक महिनापछि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिक योजना रामायण एक्प्रेसमार्फत रामायण सर्किटको तीर्थाटन मार्च २८ अर्थात् चैत १५ बाट सुरु हुँदै छ।

नेपालको भविष्य

गुरु नानकको जीवनसँग जोडिएको करतारपुर पाकिस्तानमा पर्छ। भारतलगायत देशबाट त्यहाँ लाखौं सिख प्रार्थना गर्न जाने गर्छन्। तीर्थयात्रीलाई भिसाको झमेला नहोस् भनेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै त्यहाँ स्वतन्त्र आवातजावत गर्ने प्रबन्ध मिलाए। धार्मिक महोत्सवमा उनी आफैं सहभागी भए। संसारमा फैलिएका सिखहरूको मन जित्न इमरान सफल भएको गल्फ न्युजमा फर्हान बोकरीले विश्लेषण गरेका छन्।

गोसाइँकुण्ड मेलाका तीर्थयात्रीलाई दही वितरण

गोसाइँकुण्ड मेलाबाट फर्किएका तीर्थयात्रीलाई शुक्रबार दही वितरण गरिएको छ। जनैपूर्णिमा मेला भरेर फर्किएका दुई हजार तीन सय तीर्थयात्रीलाई नीलकण्ठ महादेव मन्दिर संरक्षण समिति र उत्तरगया कालिका वृद्ध समाजद्वारा दही वितरण गरिएको हो।

गोसाइँकुण्ड पुगे नाै हजार तीर्थयात्री

चलेको मेलामा ९ हजार १ सय ९१ ले मेला भरेको नेपाली सेनाद्वारा संकलित तथ्यांकमा उल्लेख छ।

सद्भावको केन्द्र गोसाइँकुण्ड

लामटाङ हिमालको काखमा चट्टाने पहराबीच छ्याङ हुँदा गोसाइँकुण्डको कञ्चन जल र त्यसमा बेलाबखत लहरिने मन्द तरंगले चौपट्टै भरंगिएको मनलाई पनि उमंगित तुल्याउँछ, अनि तादात्म्यले त्यहाँ शिव दर्शन गराउँछ।

छायाँनाथ धामको तीर्थयात्रा शुरु

विश्वका चारधामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ। बिहीबार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो।

भारतबाट भित्रिए हजारौं ‘बाेलबम’

साउन महिनाभर नेपाल तथा भारतका शिवालयमा जल चढाउने तथा पूजा गर्ने भक्तहरूको भिड लाग्ने गर्छ । त्यस्ता भक्त एवं तीर्थयात्री बोलबम, डाकबम, दण्डवत बमलगायत उपनामले पुकारिन्छन् । भारतको सीतामढीनजिक मढिया मन्दिरमा जल चढाउन जिल्लास्थित बाग्मतीको नदीको जल उठाउन आएका तीर्थयात्रीले शनिबार दिनभर सर्लाहीको बाग्मती नदी किनार भरिभराउ बन्यो । हजारौं तीर्थयात्रीको भिडले बाग्मतीसहित पूर्व–पश्चिम राजमार्ग एवं सदरमुकाम मलंगवासम्मको राजमार्ग अस्तव्यस्त बनेको थियो ।

मक्कामदिनाको यात्रा...

मुस्लिम समुदायको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्कामदिनामा हज गर्न नेपालबाट मुस्लिम समुदायको टोली साउदी अरेबिया प्रस्थान गरेको छ।

‘सहकारीको तीर्थस्थल बनाउने’

धौलागिरिका सहकारीकर्मीले बागलुङलाई सहकारीको तीर्थस्थल बनाउने घोषणा गरेका छन्। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा भएको धौलागिरी स्तरीय बृहत् सहकारी सम्मेलनमा सहकारीकर्मीले यस्तो घोषणा गरेका हुन्।

त्रिशूली–मातातीर्थ प्रसारण लाइनको ओभरहेड टेस्ट

त्रिशूली–मातातीर्थ २२० केभी प्रसारण लाइनको आइतबार ओभरहेड टेस्ट गरिएको छ। यसअघि चारवटै सर्किटको केबल टेस्ट गरिएको थियो। सबै परीक्षण सकिएकाले आइतबार प्रसारण लाइनको ओभरहेड टेस्ट गरिएको आयोजनाले जनाएको छ।

नौ हजार तीर्थयात्री मानसरोवर गए

रसुवागढी नाका हुँदै नौ हजारभन्दा बढी तीर्थयात्री मानसरोवर गएका छन्। गत वर्षदेखि रसुवागढी नाका हुँदै मानसरोवर जाने क्रम सुरु भएको थियो। गत वर्ष सात हजार दुई सय ४७ र यो वर्षको जेठ २० सम्ममा एक हजार सात सय ८३ गरी नौ हजार ३० तीर्थयात्री मानसरोवर गएका अध्यागमन कार्यालय रसुवाले जनाएको छ। जसमा ९० प्रतिशत भारतीय तीर्थयात्री गएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए।

नीरकलाको निरन्तर लगन

५० वर्षको अवधिमा चितवनले बृहत् फड्को मारेको छ। यो अवधिमा भएको परिवर्तन र विकासको साक्षी उनी पनि बनिन्। रोगको त्रास रहेको चितवन आउनुको उनको बाध्यता थियो। आएपछि भने फर्किन सकिनन्। चितवन आएको ५० वर्षको अवधिमा उनको जीवनमा पनि धेरै परिवर्तन आए। ८६ वर्षीय नीरकला शर्माले विगतका यही अवधिमै आफ्नो खुसी भेटिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्