यूरोपस्तरीय भलिबलको उपाधि मोना पोर्चुगललाई
पोर्चुगलमा आयोजित यूरोप अन्तरदेशीय लखन स्मृति भलिबल प्रतियोगिताको उपाधि म्याग्दी प्रवासी नेपाली संघ मोना (पोर्चुगल) ले जितेको छ।
पोर्चुगलमा आयोजित यूरोप अन्तरदेशीय लखन स्मृति भलिबल प्रतियोगिताको उपाधि म्याग्दी प्रवासी नेपाली संघ मोना (पोर्चुगल) ले जितेको छ।
आयोजक वीरेन्द्र सैनिक महाविद्यालय (एसएएमबी )ले आइतबार राजन मेमोरियल स्कुललाई ४६ रनले पराजित गर्दै ११औं प्रधान सेनापति अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।भक्तपुरस्थित एसएएमबीको क्रिकेट मैदानमा भएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको राजन मेमोरियलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २६ रन मात्र जोड्न सक्यो।
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि पूर्वाञ्चल र एपिएफले प्रतिस्पर्धा गर्ने भएका छन्
त्रिभुवन आर्मी क्लब टुबर्ग हेटौंडा गोल्डकपको उपाधि जित्दै बर्षको छैठौं प्रतियोगिता जित्न सफल भएको छ। साविकको विजेता आर्मीले हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करणको उपाधि कब्जा गर्दै वर्षकै सर्वाधिक सफल क्लब बन्न सफल भएको छ।
विभागीय टोली नेपाल पुलिस र साविकको विजेता त्रिभुवन आर्मी क्लबले टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन्। शनिबार हुने फाइनल खेलमा दुवै टिमले आ–आफ्नो सबल पक्ष देखाउँदै उपाधी जित्ने दाबी गरेका हुन्।
हाइली क्रियटिभ स्कुलले बिहीबार दोस्रो फेका अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
विभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन्। बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा पुलिसले संकटा क्लबलाई रोक्दै फाईनलमा प्रवेश गरेपछि आर्मीसँग भिडन्त गर्ने पक्का भएको हो।
कैलालीको गोदावरी नगरपालिकामाथि मंगलबार फाइनलमा ३–१ को सेटमा जित हासिल गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिकाले मेयर कप अन्तरनगर भबिलबल प्रतियोगिताको उपाधि जितेको छ। भक्तपुरको सहिद स्मृति खेलमैदानमा सम्पन्न फाइनलमा सूर्यविनायकले पहिलो सेट गुमाउनाका बावजुद त्यसपछि पुनरागमन जनाउँदै २५–२६, २५–२३, २५– २३, २५–१४ को विजयी नतिजा निकालेको थियो । सूर्यविनायकका चित्रबहादुर केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
एपिएफले पाँचाैं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल उपाधि जित्दै नेपाली महिला भलिबलमा आफनो वर्चस्वलाई निरन्तरता दिएको छ। सोमबार नेपालगन्ज कभर्ड हलमा एपिएफले शिवम् न्यु डायमन्डलाई १२–२५, २५–२१, २५–१६, २१–२५, १९–१७ ले हराउँदै प्रधानमन्त्री कप पाँचाैं महिला भलिबलको उपाधि दोस्रो पटक जित्न सफल भएको हो । यसअघि एपिएफ प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन बनेको हो।
दीपककुमार कार्कीको ह्याट्रिकको मद्दतमा चितवन भेट्रान्सले दोस्रो रुस्लान जेवाइसी भेट्रान फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । चितवनको जितमा ह्याट्रिक गरेका कार्कीले खेलको पहिलो हाफको छैटौं, नवौं र ३१औं मिनेटमा गोल गरेका थिए।
एचएचसिएले आइतबार भ्याली पब्लिकमाथि ५९–५४ को जित हासिल गर्दै सातौं इनोभेटिभ अन्तर विद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर छात्रको उपाधि जितेको छ।
महाशिवरात्रि पर्वको अवसरमा सर्लाहीको हरिपुरमा सम्पन्न प्रदेश नं. २ स्तरीय रामलखन चौधरी स्मृति नकआउट भलिबल प्रतियोगिताको उपाधि बाराको पथलैया युवा टोलीले चुमेको छ । उपाधिसँगै टोलीले २५ हजार नगद प्राप्त गरेको छ।
जापानका दाइसुके इनागावा र हङकङकी चुइ केइ लिउङले शनिबार नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत एकल विधाको उपाधि जितेका छन्।
रुस्लान नवौ सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। सिमरा रङ्गशालामा शनिबार भएको प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा आर्मीले थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो।
बाराको सिमरामा जारी रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो २ः४५ बाट सिमरा रंगशालामा सुरु हुनेछ।