२० आश्विन २०८१ आइतबार
image/svg+xml

बाजुरामा जिप दुर्घटना : वडाध्यक्षसहित दुईको मृत्यु, ५ घाइते

त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्। महिलाको नाम खुलेको छैन्।

बाजुरामा बुढीगंगामा मेयर कप प्रतियोगिता हुने

बाजुराको बुढीगंगा नगरपालिकामा पहिलो मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने नगर प्रमुख दिपक विक्रम शाहले बताए।

बाजुराको हिलाचौरमा मकालु एयरको बिमान दुर्घटना

मकालु एयरको नाइन एन ए जे यु कलसाइन बिमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त भएको छ।

बझाङ र बाजुरामा महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर सेवा विस्तार गर्ने क्रममा मंगलबार ११ गते बझाङको चैनपुर र बिहीबार बाजुरा जिल्लाको मार्तडीमा शाखा खोलेको छ।

प्रदेश नम्बर ७ : एमाले संसदीय दलको नेतामा बाजुराका शाह निर्वाचित

नेकपा एमालेले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाहलाई चयन गरेको छ । शनिबार (आज) बसेको संसदीय समिति प्रदेश नं. ७ को बैठकले बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद शाहलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।

बाजुराका स्वास्थ्य संस्थामा औषधिको अभाव

बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधि स्थानीय तहले रकम उपलब्ध गराउन नसक्दा औषधिको अभाव देखिएको स्वास्थ्य संस्थाले जनाएका छन । अहिले स्वास्थ्य संस्थामा सिटामोलसमेत पाउन छाडेको छ ।

बाजुरामा एमालेको ‘क्लिन स्विप’

पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाजुरामा नेकपा (एमाले) विजयी भएको । १ वटा निर्वाचन क्षेत्र रहेको बाजुरामा २ प्रदेश सहीत तीन वटै क्षेत्रमा बाम गठबन्धन विजयी भएको हो।

बाजुरा प्रदेश (क) मा एमालेका रेग्मी विजयी

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एमालेका बलदेव रेग्मी विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार एवं एमाले पार्टी सचिव रेग्मी ९८४० मत ल्याएर विजयी भएका हुन् ।  उनले नेपाली काँग्रेसका जनकराज गिरीलाई १५३९ मत अन्तरले पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी गिरीले ८३०१ मत प्राप्त गरेका छन् ।

बाजुरामा वडा अध्यक्षमाथि आक्रमण

बढीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महत माथि अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्किने क्रममा जिल्ला खेलकुद विकास समिति नजिकै महतमाथि आक्रमण भएको हो ।

बाजुरा-६\बाजुरा : नयाँ अनुहारबीच प्रतिस्पर्धा

२०६४ सालयताको निर्वाचन परिणाम हेर्दा बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । २०६४ मा कांग्रेसका देवराज जोशीले ८ सय मतान्तरले जितेका थिए भने २०७० मा एमालेका कर्णबहादुर थापाले ४ हजार बढी मतान्तरले जितेका थिए । दुवै चुनावमा माओवादी तेस्रो स्थानमै रह्यो ।

डाक्टर अान्दोलन असर : बाजुराका बेखर्ची सबल दमाई छट्पटिँदै

सबल दमाई बाजुराको जगन्नाथ, हुनी घर भएका ४० वर्षीय विपन्न व्यक्ति हुन्। उनी पाँच दिनयता चितवनको भरतपुर क्यान्सर अस्पताल हातामा यता उता ओहर दोहर गर्दै दिन बिताएका हुन् । साढे तीन वर्षको छोरा नोकेन्द्रलाई क्यान्सर भएको छ । उपचारका लागि जुन दिन अस्पताल छिरे त्यही दिनदेखि चिकित्सकले बिरामी हेर्न बन्द गरे । सरकार विरुद्ध चिकित्सकले गरेको आन्दोलनले उनलाई पिडामाथि पिडा थप्यो ।

बाजुरामा ४.९ रिक्टर स्केलको भूकम्प महसुस

बाजुरामा भूकम्पको धक्का महसुस भएको छ। छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाडौंले जनाएको छ।

जिसस बाजुरामा रोकाया निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र रोकाया निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्तामा नेकपा एमालेले भाग नलिएपछि नेपाली कांग्रेस जिल्ला कार्य समिति सह–सचिव नरेन्द्र रोकाया नेतृत्वको सिंगो काँग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको हो ।

बाजुरामा काँग्रेसले लगायो उम्मेद्वारको टुङ्गो

लामो छलफलपछि नेपाली काँग्रेसले उम्मेदवार छनोट गरेको छ । जिल्लामा रहेका नौ वटै स्थानीय तहमा आफ्नो पार्टीको तर्फबाट चुनाव लड्ने उम्मेदवारको टुङ्गो लगाएको नेपाली काँग्रेसले बताएको छ । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्