१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बाजुरामा जिप दुर्घटना : वडाध्यक्षसहित दुईको मृत्यु, ५ घाइते

बाजुरा– त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्। महिलाको नाम खुलेको छैन्। 

बुढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जिप साढे ७ बजेतिर दुर्घटना भएको प्रहरीले बताएको छ। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। 

घाइते हुनेमा त्रिवेणी नगरपालिका ३ बस्ने वीर बहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र चालक चन्द्रमणी रहेका छन्। घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ। मृत्यु भएका नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

जिपमा चालकसहित ७ जना सवार रहेका थिए। घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ। घटनाको जानकारी लिन प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली पुगेको छ। 

चिप्लो र उकालो सडक भएकोले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ। घटना स्थलमा त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारसहितको टोली पनि रहेको छ।

प्रकाशित: १३ असार २०७५ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App