२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाली सेनाको विमान बाजुराको कोल्टीमा दुर्घटना

नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोट जो विमान त्यहाँ मौसम खराब भएपछि अवतरण गर्न नसकी कोल्टीतर्फ डाइभर्ट भएको थियो।

चुनावमा बालबालिका प्रयोग नगर्ने बाजुराका दलकाे प्रतिबद्धता

जिल्लास्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिले स्थानीय निकाय निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

बाजुरामा ६९ मतदान केन्द्र सिफारिस

जिल्ला मतदान केन्द्र पुनरालोकन समितिले स्थानीय तहको निर्वाचनका लागि ६९ वटा मतदान केन्द्र सिफारिस गरी पठाएको छ। संविधान सभाको निर्वाचनमा रहेका ७४ वटा मतदान केन्द्र मध्ये ५ वटा घटाएर ६९ वटा केन्द्र सिफारिस गरेको निर्वाधन अधिकारी मानबहादुर थापाले बताए।

बाक्लो हिमपातपछि बाजुराका एघार गाविसको आवतजावत ठप्प

शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् ।  शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ ।

बाजुराबाटै बारपाक देखेपछि बालबालिका मख्ख

गोरखाको बारपाक। २०७१ बैशाख १२ गतेको महाविनाशकारी भूकम्पको केन्द्रविन्दु। बारपाक नामले परिचित भए पनि बाजुराका बालबालिकाको लागि दृश्यमा नदेखिएको ठाउँ थियो । तर शनिबार बाजुराका अधिकांश बालबालिकाले बारपाक देख्न पाए। तर उनीहरु भौतिकरुपमा बारपाक पुगेका होइनन्। शनिबार बारबापक र बाजुराका बालबालिकाहरु बीचमा दृष्य सम्वाद मार्फत यो सम्भव भएको हो।

बाजुरामा १० केजी चरेस सहीत २ पक्राउ

नौ केजी नौ सय ग्राम चरेस सहीत पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। मार्तडी स्थित दुनी हाट बजारबाट बरामद गरिएको चरेस सहीत कारोवारमा संलग्न दुई जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्