२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बाजुरामा ६९ मतदान केन्द्र सिफारिस

बाजुरा-जिल्ला मतदान केन्द्र पुनरालोकन समितिले स्थानीय तहको निर्वाचनका लागि ६९ वटा मतदान केन्द्र सिफारिस गरी पठाएको छ। संविधान सभाको निर्वाचनमा रहेका ७४ वटा मतदान केन्द्र मध्ये ५ वटा घटाएर ६९ वटा केन्द्र सिफारिस गरेको निर्वाधन अधिकारी मानबहादुर थापाले बताए।

निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाही संयोजक रहेको समितिको बैठकले भुगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न सिफारिसका लागि निर्वाचन आयोगमा पठाएको छ। जसमा सबैभन्दा बढी १०/१ वटा केन्द्र बुढीनन्दा र बुढीगंगा गाउँ पालिकामा रहेका छन्। भने बडिमालिका र त्रिवेणीमा नगरपालिकामा ९/९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।

यसैगरी हिमाली, छेडेदह गाउँ पालिकामा ७/७ वटा, गौमुल र पाण्डव गुफा ६/६ वटा र स्वामिकात्र्तिक गाउँ पालिकामा सबैभन्दा कम ५ वटा मतदान केन्द्र सिफारिस गरिएको छ। 

जसमा बिच्छ्या मावि, ठुलाकोट निमावि, गंगा निमावि बैडी, शैलेश्वरी मावि फैति, मंगलमय निमावि, नदापाटा, मालिका मावि धिम र जनता निमावि बाँधु सिफासिर गरिएको छ।  छेडेदह गाउँ पालिका अन्तर्गत काँडा मावि काँडा, मालिका मावि गाँज्रा, धनाल्त प्रावि धनाल्त, खापरदेवस्थली मावि गुदुखाती, मष्टेश्वरी मावि डोगडी, ब्रह्मदेब प्रावि मैतोला र सरस्वती मावि लम्गाउँ गरुी ७ वटा केन्द्र सिफारिस गरिएको छ।

स्वामिकात्र्तिक गाउँ पालिकामा भगवती प्रावि रुडी, विन्दासैन प्रावि फयालगाउँ, गाविस भवन जुकोट, स्वामिकात्र्तिक मावि वाई र भैरव नाथ मावि जेरा गरी ५ वटा केन्द्र तोकिएको छ । पाण्डवगुफा गाउँ पालिकामा सरस्वति मावि ढाडाकोट, बाल विकास निमावि हुनी, कैलाश मावि महती, देवलकोट मावि गोत्री १ र २ गरी ६ वटा मतदान केन्द्र सिफारिस गरिएको छ।

गौमुल गाउँ पालिका अन्तर्गत अम्लीस मावि अम्लीस, पदमपुर निमावि तल्दुगन, बालविकास मावि माझपाली, गाविस भवन मानाकोट र थला मावि मानाकोट गरी ६ वटा मतदान केन्द्र सिफारिसमा छन्। 

बुढीनन्दा नगरपालिका अन्तर्गत बाँधु मावि भारती कौशाडी १, २, ३, जनप्रकाश प्रावि कोल्टी, पञ्चलक्ष्मी निमावि सिराडी, देवलडाँडा मावि कुरु, बागेश्वरी निमावि कोटीला, नन्देश्वरी निमावि पिपल चौर, घटाल प्रावि नौलाकोट, सत्यमावि पाण्डुसैन, हिमाली निकावि अँगाउँपानी गरी १० वटा मतदान केन्द्र सिफारिस गरिएको छ।

बुढीगंगा नगरपालिका अन्तर्गत धुरालसैन मावि डुङ्गी, उपस्वास्थ्य चौकी ब्रह्मतोला, गाविस भवन ब्रह्मतोला, भानुदय मावि १ र २ नौविस, तल्लो सारेदेउ हुलाक कार्यालय, सारदा मावि बडेलीचौर, त्रिशक्ति मावि १ र २ तल्लाकोट र सिँगाडा मावि सिँगाडा गरी १० केन्द्र सिफारिस गरिएको छ।

यसैगरी त्रिवेणी नगरपालिका अन्तर्गत नवज्योति प्रावि ल्वाढुङ्गा, त्रिभुवनेश्वरी मावि छतारा, मष्टेश्वरी प्रावि पूर्वता, तोली देवलडाँडा मावि तोली, रामेश्वरी निमावि तोली, नाटेश्वरी मावि खिरपाटा, नवदुर्गा प्रावि झालगाउँ, खिन्नै सत्यदेवी निमावि बाँगापाटा गरी ९ वटा केन्द्र सिफारिस गरिएको छ।

वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ । सिफारिस गरिएका केन्द्र स्वीकृत भई आएमा जिल्लामा ६९ वटा मतदान केन्द्रमा चुनाव हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

 

प्रकाशित: २ चैत्र २०७३ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App