११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एक दर्जन जहाज लुक्लामै थन्किए

मौसममा आएको खराबीका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एक दर्जन जहाज थन्किएका छन्। विहान डेढ सयको हाराहारीमा उडान भएको विमानस्थलमा मध्यान्नपछि मौसम प्रतिकुल भएपछि १० हेलिकप्टर  र २ वटा जहाज लुक्लामै थन्किएको नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख ईमाननाथ अधिकारीले बताए।

सडक टाल्न नसक्ने सरकार रेल र पानीजहाजको गाना बजाएर हिडेको छः नेता श्रेष्ठ

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने बताएका छन्।  शनिवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुली रहेता पनि त्यो अब धेरै नटिक्ने बताएका हुन।

जहाज खरीद प्रकृया सुरु गर्दै अनियमितताः समिति

जहाज किन्दा भएका कमिकमजोरी छानविन गर्न गठीत संसदीय समितिले आगामी हप्ता सरकारलाई प्रतिवेदन दिँदै छ। जहाज खरिदको विषयमा अध्ययन गरेर समितिले प्रतिवेदन दिन थालेको हो।

जहाज रोकेकोमा निगम असन्तुष्ट

नेपाल वायुसेवा निगमले युएई उड्न लागेको वाइड बडी जहाज रोकिएकोमा विमानस्थल कार्यालयप्रति असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार राति युएई उड्न तयार जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्न रोकेको थियो। विमानस्थल मर्मतको काम सुरु भएको निहुँमा जहाज रोकिएको हो। अचेल मर्मतको लागि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुन्छ।

कारबाहीमा परेको व्यक्तिलाई जिम्मेवारी

राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेवानि) को कारबाहीमा परेका आरके शेरचनलाई महत्वपूर्ण मानिने जहाज सञ्चालन (अपरेसन) विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला

सरकारले पानीजहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गते एकान्तकुनामा पानी जहाज कार्यालयको उद्‍घाटन गरेका थिए।

‘मधेसलाई पानी चाहिएको छ, तर प्रधानमन्त्री पानीजहाज मात्र भन्छन्’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन्। ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पानीजहाज चाहिएको छ।’

सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस

झापाबाट फर्किंदा फागुन २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा प्रधानमन्त्री केपी ओली सवार जहाज आकाशमै ‘होल्ड’ भएपछि छानबिन गर्न बनेको समितिले कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

बिनाकानुन पानीजहाज

प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताले पानीजहाजको सपना बाँडेको धेरै वर्ष भयो। संघीय सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरिसकेको छ। तर, पानीजहाज सञ्चालन तथा नियमनसम्बन्धी कानुन अझैसम्म बनेको छैन।

बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज

बुध्द एयरले १२ औं एटीआर जहाज भित्र्याएको छ। नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार बेलुकी त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थलमा अवतरण गरेको हो।

सरकार, आलोचना र ग्रहणशीलता

‘उपलब्धि कानुनमात्र, विकास गति विगत जस्तै’–यो थियो गत फागुन २२ गतेको यस दैनिकको ‘हेडलाइन’ समाचार। संविधानको बाध्यकारी प्रावधानबमोजिम बनाउनैपर्ने केही कानुन बनाएकालाई सरकारको उपलब्धि बताएका अर्थमन्त्रीलाई उद्धरण गरेर लेखिएको सो समाचार चालु आर्थिक वर्ष २०७५–७६ को प्रथम ६ महिना(गत पुस मसान्तसम्म)कोविकास बजेट खर्च अत्यन्त न्यून रहेको र विकास आयोजनाहरूले गति लिन नसकेको कुरामा केन्द्रित थियो। सँगैको अर्को समाचारमा राष्ट्रिय गौरवकाविकास आयोजनाहरूमैयो ६ महिनामा २५ प्रतिशतमात्र खर्च हुन सकेको विवरण थियो।

निजीका कर्मचारी पाइलट

नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ। निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट रहेका फिजुनाथ नेपालीलाई निगमले पाइलट नियुक्त गरेको हो।

जहाज मर्मतसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिन लेखाकाे निर्देशन

संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका दुई जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा न्यून बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ। समितिको साेमवारको बैठकले एयरबस ए ३३०–२०० र एयरबस ए ३२० मर्मतका लागि न्यून बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिन लागिएको भन्दै त्यस्तो नगर्नसमेत निगमलाई निर्देशन दिएको हो।

जहाजले ह्वेललाई ठक्कर दिँदा ८७  जना घाइते

‘सी अफ जापान’ मा यात्रारत जहाजले एउटा ह्वेललाई ठक्कर दिँदा कम्तीमा ८७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचको अवस्था अत्यन्तै नाजुक रहेको बताइएको छ।

पानीजहाजबारे पुनः अध्ययन गरिने

पानीजहाज सञ्चालनका लागि भन्दै तीन साताअघि काठमाडौंमा कार्यालय स्थापना गरिए पनि त्यसबारे अझै अध्ययन गर्नु आवश्यक देखिएको छ। नेपाल र भारतका प्राविधिकसहितका अधिकारीहरूको दुईदिने स्थलगत अध्ययन र दुईदिने छलफलपछि पानीजहाज सञ्चालनका लागि पुनः अध्ययन गर्ने निर्णय गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्