२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जहाजले ह्वेललाई ठक्कर दिँदा ८७  जना घाइते

टोकियो - ‘सी अफ जापान’ मा यात्रारत जहाजले एउटा ह्वेललाई ठक्कर दिँदा कम्तीमा ८७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचको अवस्था अत्यन्तै नाजुक रहेको बताइएको छ। 

तीव्र गतिमा रहेको सो हाइड्रोफोइल जहाज निगाता बन्दरगाहबाट साडो टापुबाट शनिबार यात्रा गर्दै थियो। जहाजमा रहेका अपरेटरहरुका अनुसार जहाजले एउटा बस्तु (सम्भवतः ह्वेल) लाई ठक्कर दिएको थियो । ठक्करका कारण जहाजमा १५ सेन्टिमिटर चिरा परेको बताइएको छ। 

जहाजमा देखिएका चिरा र त्यसको मात्रा हेर्दा जहाजमा ह्वेल ठोक्किएको हुनसक्ने सामुद्रिक विज्ञलाई उद्धृत गर्दै जापानी प्रसारण संस्था एनएचकेले उल्लेख गरेको छ। ‘जहाज ठोक्किएपछि मेरो घाँटी अगाडिको सिटमा ठोक्कियो,’ जहाजमा यात्रारत एक यात्रुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । ‘मेरो वरपर रहेका अन्य यात्रु आत्तिएर कराइरहेका थिए,’ उनले बताए।

ह्वेलसँग ठोक्किनेबेला जहाजमा १२१ यात्रु र चार चालकदलका सदस्य थिए। जहाज ठोक्किएपछि आफ्नै बलमा निश्चित क्षेत्रमा पुगेको साडो स्टिम जहाज कम्पनीले बताएको छ । सो कम्पनीले जिंगा जहाज सञ्चालन गर्ने गरेको छ। घाइते सबैलाई अस्पताल लगिएको छ । तटीय सुरक्षाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ । यद्यपि उनीहरु होसमै छन्। 

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App