स्कुट एयरवेजको विमान आकस्मिक अवतरण
सिंगापुरतर्फ उडिरहेको स्कुट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।
सिंगापुरतर्फ उडिरहेको स्कुट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।
रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट -१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ।
क्षतिग्रस्त विमान नहटाइँदा लुक्लामा हेलिकप्टर उडान तथा अवतरणमा समस्या भएको छ। वैशाख १ गते समिट एयरको कलसाइन नाइन एन– एएमएचको जहाज मनाङ एयरको हेलिकप्टर नाइन एन–एएलसँग ठोक्किएर दुर्घटना भएको थियो।
गत साता नेपाली राजनीति निकै तरंगित रह्यो विशेषतः मधेस केन्द्रित भएर। बुधबारदेखि सुरु भएको घटनाक्रमले रेशम चौधरी सम्बद्घ मुद्दाको फैसलाबाट आक्रोशित राजपाले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरे। त्यसको २४ घण्टा नबित्दै रौतहट जिल्ला अदालतको आदेशबाट विगत पाँच महिनादेखि जेल जीवन बिताइरहनु भएका चन्द्रकान्त (सिके) राउतलाई जिल्ला अदालतको आदेश नमिलेको भन्दै सर्वोच्च अदालतले रिहा गर्ने आदेश जारी ग-यो।
पृथकतावादी आभियान सञ्चालन गर्दै मधेसलाई स्वराज घोषणा गर्ने अभियानै थालेका डा. सीके राउत र सरकार पक्षबीच शुक्रबार ११ बुँदे राजनीतिक सहमति भएको छ। समहतिसँगै त्यसको जस लिन सरकार पक्षका मानिसबीच होडबाजी नै चलेको देखिन्छ।
यति एयरलाइन्सको तेस्रो एटिआर ७२–५०० विमान काठमाडौं आइपुगेको छ । उक्त विमान मंगलबार दिउँसो २ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जनाएको छ।
धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ। रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन्।
नेपाल वायु सेवा निगमकाे दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।
मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ याङ्बोचेमा ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव लिन गएको नेपाली सेनाको हेलिकाेप्टर मौसम खराबीले म्याग्दीमा आकस्मिक अवतरण गरिएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थापनाको ६० वर्षमा पहिलोपटक ठूलो (वाइड बडी) आकारको जहाज खरिद गरी काठमाडौं ल्याएको छ।
विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् ।
नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुप-यो।
राज्य सत्ताबाहेक अरू सबै भ्रम हो भन्दै दीर्घकालीन सशस्त्र संघर्षको थालनी गर्ने पुष्पकमल दाहाल नेतृत्वको पार्टीले अन्ततः आफ्नो जनयुद्धको तेइसौँ वार्षिकोत्सवकै हाराहारीमा नेपालमा माओवादको कुशलतापूर्वक अवतरण गरेको छ । आफ्नो पार्टीबाहेक अस्तित्वमा रहेका अन्य सबै कम्युनिस्ट पार्टीलाई दक्षिणपन्थी अवसरवादको हिमायती ठहर गर्दै बाइस वर्षअघि दाहालले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यसाथ दीर्घकालीन जनयुद्ध सुरु गरेका थिए ।
फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ।