२० आश्विन २०८१ आइतबार
image/svg+xml

छुट्टाछट्टै दुर्घटनामा दुईको मृत्यु

नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ।  तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो। हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

दक्षिण अफ्रिकामा रेल दुर्घटना, ४काे मृत्यु, ४० भन्दा बढी घाइते

दक्षिण अफ्रिकामा विहीबार भएको एक रेल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका चिकित्सक तथा प्रत्यक्षदर्शीले बताएका छन्।

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ।

ट्याक्टरबाट खसेर युवकको मृत्यु

आँबुखैरेनी गोरखा सडक खण्डको गोरखा नगरपालिका १२ को एघारकिलोमा ग१त ४१६३ नम्बरको ट्याक्टरबाट खसेर गएराति एक युवकको मूत्यु भएको छ ।

पेरुमा बस र ट्रक ठोक्कियो, ४८ को मृत्यु

पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ।  पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए ।

करेन्ट लागेर एकको मृत्यु

घर ढलान गर्नेक्रममा लाईनको तारमा छुँदा कसेन्ट लागेर एकको मृत्यु भएको छ । बुधबार सैनामैना नगरपालिका–१ बेमतनी बस्ने ३५ वर्षीय भिकु थारुको करेन्ट लागेर मृत्यु भएको थियो । सोही ठाउँ बस्ने नेत्र घर्तीको घर ढलान गर्ने क्रममा फलामको सरियाले हाईटेन्सनको लाईनको तारमा छुँदा घाइते थारुको उपचारको क्रममा मृत्यु भएको हो ।

भारतको राजस्थानमा सवारी दुर्घटना, आठको मृत्यु

पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

निकुञ्जमा गाडीको ठक्करबाट चितुवाको मृत्यु

बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा गाडीको ठक्करबाट एउटा चितुवाको मृत्यु भएको छ । नेपालगञ्जबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख २९७४ नंको हाइस माइक्रोबसले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ ठक्कर दिँदा चितुवाको घटनास्थलमै मृत्यु भएको हो ।

पेरूमा बस दुर्घटना हुँदा ४८ जनाको मृत्यु

ल्याटिन अमेरिकी मुलुक पेरूमा एक यात्रुवाहक बस दुर्घटना ४८ जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

जाम्बीयामा हैजाबाट ४२ जनाको मृत्यु

जाम्बीयामा हैजाका कारण गत अक्टोबर देखि ४२ जनाको मृत्यु भइसकेको छ । भने करिब २ हजार मानिसहरू हैजाका कारण प्रभावित भएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् ।

बाँदरलाई भन्दै मान्छेलाई गोली हान्दा एकको मृत्यु

बाँदरलाई भन्दै हानेको गोली लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६, मस्यामको छत्तीवन जंगलमा गोली लागि ६२ वर्षका धनबहादुर थापाको मृत्यु भएको हो ।

धादिङमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति १२ः१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो ।

तुइन चुडिँदा एकको मृत्यु, दुई घाइते

कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्