२० आश्विन २०८१ आइतबार
image/svg+xml

बस र कार ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ घाइते

दमौली बजारमा सोमबार बिहान कार र बस ठोक्किँदा एक पैदलयात्री महिलाको ज्यान गएको छ। पोखराबाट सुनौली जाँदै गरेको ना ६ ख ७२११ नम्बरको यात्रुबाहक बस र डुम्रेबाट पोखरा आउर्दै गरेको बा ९ च ४४४३ नम्बरको नीजि कार दमौलीको मुख्य चोकमा एक आपसमा ठोकिदाँ ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

इन्डोनेसियाको बोर्नओमा डुङ्गा दुर्घटना, आठको मृत्यु

इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार एक यात्रुवाहक डुङ्गा दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। इन्डोनेसियामा भएको यो पछिल्लो भीषण दुर्घटना हो ।

छुट्टाछट्टै दुर्घटनामा दुईजनाको मृत्यु

काभ्रेपलाञ्चोकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नंको यात्रुबाहक बसले सोही बसबाट झर्दै गर्दा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–१ का ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए।

तुइन चुडिएर एकको मृत्यु

महोन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदी तर्नेक्रममा तुइनको डोरी चुडिएर एकको मृत्यु भएको छ । आइतबार तुईन तर्ने क्रममा तुईनको डोरी चुडिएर सोही गाउँपालिका–६ सोल्टा बस्ने ३५ वर्षीय टेकबहादुर बिष्टको घटनास्थलमा मृत्यु भएको हो।

इरानमा प्रदर्शन जारी, दुई जनाको मृत्यु

इरानमा केही दिनदेखि प्रदर्शन जारी रहेको छ । ती प्रदर्शनका क्रममा गएराति मात्र दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  आज बिहान ४ः०० बजे लैनचौरमा बा९०प १४०० नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर गएराति सिरहाको लहान नगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ।  आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो।

विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

ल्याटिन अमेरिकी मुलुक कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा १० अमेरिकी नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

अफगानिस्तानमा आत्मघाती हमला, १७ को मृत्यु

अफगानिस्तानको जलालाबाद शहरमा आत्मघाती बम विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। जलालाबादमा आइतबार अन्तिम संस्कारका क्रममा भएको विस्फोटमा १५ जना गम्भीर घाइते छन्।

सिरियामा भएको भिडन्तमा दर्जनौको मृत्यु

सरकारको नियन्त्रण भन्दा बाहिर रहेको सिरियाको एउटा प्रान्तमा भएको आक्रमणमा परी दर्जनौको मृत्यु भएको छ।  इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने ठाँउमा सरकारी सुरक्षाकर्मीहरू र जिहादी लडाकूबीचमा शुक्रबार भिडन्त भएको थियो।

सुमोले किच्दा एकको मृत्यु चार घाइते

कलैया उपमहानगरपालिका १० मटिअर्वामा गाडीले किच्दा क्रिकेट खेलिरहेको एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

इजिप्टको मार मिना चर्चमा आक्रमण, १०को मृत्यु

कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारीको समूहले गरेको आक्रमणमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाडाजुँगी–गौरादह सडकखण्डमा आज दिउँसो ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा गौरादह नगरपालिका–१ निवासी २८ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्