२० आश्विन २०८१ आइतबार
image/svg+xml

अपार्टमेन्टमा आगो लाग्दा १२ जनाको मृत्यु

अमेरिकाको न्यूयोर्क शहरस्थित ब्रोक्समा एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन् ।

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, कम्तीमा ४१ को मृत्यु

अफगानिस्तानमा बिहीबार भएको श्रृंखलाबद्ध आत्मघाती बम विस्फोटमा परी कम्तीमा ४१जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।  अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नशरत रहिमी अनुसार राजधानी काबुल नजिकै रहेको सांस्कृतिक क्षेत्रलाई लक्षित गरी गराइएको विस्फोटपछि पनि लगातार २ विस्फोट भएका थिए । श्रृखंलाबद्ध विस्फोटका कारण घाइतेलाई समयमै उद्दार गर्न नसकिएको रहिमले बताए।

भारतमा सडक दुर्घटनामा सातको मृत्यु

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले बताएकाे छ ।

दक्षिणी सुडानमा २० जनाको मृत्यु

दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

दक्षिण भारतमा डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु

दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको छ।  यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

पानी ट्याङकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

पानी ट्याङ्करले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बुधबार काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसीकोट गाउँपालिका–२ की २७ वर्षीया विनाकुमारी थापाको मृत्यु भएको थियो ।

अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

अधिक रक्तश्रावका कारण खोटाङमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । बच्चालाई जन्म दिए पनि अधिक रक्तश्रावका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बुद्धचोक बखुमकी २८ वर्षीय सुत्केरी पद्मा राई मगरको मृत्यु भएको हो।

क्रिसमस मनाउन जाँदा भएको दुर्घटनामा बीसको मृत्यु

फिलिपिन्समा क्रिसमस मनाउन गईरहेका मानिस बोकोको एक भ्यान र यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

जाम्बियामा हैजाबाट २० जनाको मृत्यु

जाम्बिायाको राजधानी लुसाकामा यस महिनाको सरुदेखि हैजाका कारण कैयौं नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

टिपरको ठक्करबाट किशोरको मृत्यु

पोखरा–लेखनाथ महानगरपालिका–१९, पुरुञ्चौरस्थित पात्लेखेतको सडकमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

म्यादी प्रहरीको मृत्युपछि चर्कियो आन्दोलन

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु भएको भन्दै जिल्लामा आन्दोलन चर्केको छ । रास्कोट नगरपालिका वडा नम्बर २ निवासी २० वर्षीय विवेक ऐडीको शुक्रवार गोली लागेर मृत्यु भएको थियो । तलव विवादमा गत शुक्रबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी र म्यादी प्रहरीबिच विवाद हुँदा प्रहरीले लाँठीचार्ज र गोली चलाएको थियो ।

ढुंगा खानीमा पुरिएका युवाको मृत्यु

खोटाङमा ढुंगा झिक्नेक्रममा ढुंगा खानीमा पुरिएका युवाको मृत्यु भएको छ। ढुंगा खानीमा ढुंगा झिक्नेक्रममा माथिबाट खसेको ढुंगामाटोले पुरिँदा घाईते भएका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए।

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन गर्न शाहीको माग

विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

भारतको राजस्थानमा बस दुर्घटना, ३२ को मृत्यु

भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्