२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिणी सुडानमा २० जनाको मृत्यु

 दक्षिणी सुडानमा २० जनाको मृत्यु

जाबा -  दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको ज्यान  गएको छ ।

घटनामा परी अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूलाइ उद्धत गर्दै बिबिसीले जनाएको छ ।

जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताए ।

पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले त्यसको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ ।

जोङले राज्यमा लामो समयदेखि जातीय दङ्गा हुँदै आइरहेकाले धेरै हिंसात्मक घटनाहरू भएका छन् । गत महिना भएको जातीय हिंसामा परी ५० जनाको मृत्यु भएको थियो ।

प्रकाशित: १३ पुस २०७४ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App