५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा आत्मघाती हमला, १७ को मृत्यु

काबुल – अफगानिस्तानको जलालाबाद शहरमा आत्मघाती बम विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। जलालाबादमा आइतबार अन्तिम संस्कारका क्रममा भएको विस्फोटमा १५ जना गम्भीर घाइते छन्।

जलालाबाद गर्भनरका प्रवक्ता अताउल्लाह खोग्यानीले अन्तिम संस्कार लागि मानिसहरु उपस्थित भएका बेला विस्फोट भएको बताए।

बम हमलाको जिम्मेवारी इस्लामिक चरमपन्थी संगठन आईएस आईएसले लिएको समाचार संस्था रोयर्टसले जनाएको छ।

यसअघि बिहीबार मात्रै राजधानी काबुलस्थित एक शिया कल्चरल सेन्टरमा आंतकवादी हमलामा परी ४१ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए।

प्रकाशित: १६ पुस २०७४ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App