लुसाका– जाम्बीयामा हैजाका कारण गत अक्टोबर देखि ४२ जनाको मृत्यु भइसकेको छ । भने करिब २ हजार मानिसहरू हैजाका कारण प्रभावित भएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् ।
सञ्चार मन्त्रालयका जनसम्पर्क प्रमुख स्टान्सलौस गोसाका अनुसार गत अक्टोबर देखि जाम्बीयामा हैजाको महामारी फैलिएको हो । अक्टोबर देखि फैलिएको हैजाको महामारी बढ्दै गएको हो ।
महामारी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले थुप्रै प्रयास गरेको गोसाको दाबी छ ।
जाम्बीयाका राष्ट्रपति इडगार लुङ्गुले महामारीलाई फैलिन नदिनका लागि विभिन्न प्रकारका प्रतिरक्षात्मक कार्यहरूको थालनी गरिएको बताए ।
प्रकाशित: १८ पुस २०७४ ०९:१० मंगलबार