२० आश्विन २०८१ आइतबार
image/svg+xml

विजयी र्‍यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ।

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो। बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारकोक्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दैआएका बिकास प्रधानले जानकारी दिए ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान सल्लेरीबाट तामाखानीतर्फ जाँदै गरेको ना २ त ६१६८ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टर चालक प्यूठान घर भएका दीपक धामीको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी सोलुखुम्बुका इञ्चार्ज धितलाल गौतमले जानकारी दिए।

माइक्रो दुर्घटना हुँदा एक युवतीको मृत्यु

काठमाडौंबाट यात्रु बोकेर फर्किएको माइक्रोबस बेसीसहर आइपुगेपछि दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परेर क्व्होंलासोथर गाउँपालिका ४ भुजुङ घर भई बेसीसहर ७ बस्दै आएकी ३० वर्षीया श्रीकुमारी गुरुङको मृत्यु भएको हो ।

तामिलनाडूमा ट्रक र भ्यान ठोक्किदा नौको मृत्यु

भारतीय दक्षिणी राज्य तामिल नाडूको इक डिकमा एउटा ट्रक र भ्यान एक आपसमा ठोक्किदा नौ व्यक्तिको मृत्यु भएको छ।  यस दुर्घटनामा परी अन्य चार जना घाइते भएका प्रहरीले बिहीबार जानकारी दिएको छ।

मतदान गर्न जाने क्रममा एकको मृत्यु

जिल्लाको खापरमाडाैँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ।

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।

खुम्बुमा लेक लागेर भरियाको मृत्यु

सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक भरियाको ज्यान गएको छ । इनटेक कम्पनी काठमाडौँबाट सगरमाथा बेसक्याम्प जाने क्रममा दुधकौशीका ७ देउसाका २० वर्षीय पुर्णबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना६ख ९७३१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७७प ४२६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर खोटाङमा १८ महिने बालकको मृत्यु भएको छ। घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो ।

माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु

खोटाङमा माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घरछेउको माछा पोखरीमा डुब्दा रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङका यूकेस राईको मृत्यु भएको हो। खेल्ने क्रममा सोमबार बिहान बालक माछा पोखरीमा परेको प्रहरीले जनाएको छ।

नेसनल लाइफ इन्स्योरेन्सद्वारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी

नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ।

दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु

रौतहटमा भएका दुई सबारी दुर्घटनामा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना सबारी चालक र एकजना पैदल यात्रु छन्। मृतक दुवैजनाले मदिरा सेवन गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु

मुगुमा भाइरल ज्वरोका कारण एक सातामा १२ जनाको मृत्यु भएको छ । अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ ।

माइक्रोबस दुर्घटनामा एकको मृत्यु, १५ घाइते

काठमाडौंबाट उदयपुर जाँदै गरेको बा ३ ख ८४६७ नं को माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ बुका दोभानमा आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्