२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेसनल लाइफ इन्स्योरेन्सद्वारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी

काठमाडौं— नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ।

कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत यही २०७४ मंसिर १५ गते ३८ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त चेक कम्पनीका सिइओ भरत बस्नेतले हस्तान्तरण गरे।

आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीले यस नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा मिति २०७१ असार ३१ गते २५ लाख रुपैयाँको जीवन बिमा गरेका थिए। बिमितको निधन भएकाले कम्पनीले बिमा दाबी भुक्तानी गरेको हो।

शुक्रबार कम्पनीका नायब महाप्रबन्धक सुरेसप्रसाद खत्री सहितका उच्च अधिकारीहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, लगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतककी धर्मपत्नी कौशिलालाई मृत्यु दाबी भुक्तानी बापत उक्त चेक हस्तान्तरण गरिएको हो।

मृतक रत्नबहादुर तुलसीपुर उपमहानगरपालिका–५, का जंगवीर वलीका छोरा हुन।

प्रकाशित: १७ मंसिर २०७४ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App