२० आश्विन २०८१ आइतबार
image/svg+xml

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर

गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ।

सोलुखुम्बुमा चट्याङ लागेर २को मृत्यु, २ घाइते

सोलुखुम्बुको जुबुमा चट्याङ लागेर दुई जनाको ज्यान गएको भने २ जना घाइते भएका छन् । शनिबार अपरान्ह दुधकौसिका गाउँपालिका ४ निवासी १४ र १० वर्षीय बालकको चट्याङ लागेर ज्यान गएको प्रहरी चौकी सुकेपोखरीका प्रहरी सहायक निरीक्षक हरि खड्काले बताए ।

भारतमा धर्मगुरुका पक्षमा प्रदर्शन,  ३१ को मृत्यु

उत्तरी भारतीय सहरमा शनिबार भएको भीषण झडपमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

धर्मगुरु रामरहिम बलात्कारी ठहर, दंगामा कम्तीमा २५ को मृत्यु

धर्मगुरु रामरहिम सिंहलाई आफ्ना दुई अनुयायीलाई बलात्कार गरेको मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

जिहादीको आक्रमणमा ३४ सैनिकको मृत्यु

सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन्।

सर्पको डसाइबाट महिलाको मृत्यु

सप्तरीको सुरुङगा नगरपालिका-५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीया सुगवतीदेवी यादव रहेकी छन्। राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले यादवलाई डसेको थियो।

घर भत्किँदा दैलखमा एकको मृत्यु, दुई जना घाइते

अविरल वर्षाका कारण शुक्रबार बिहान डेढ बजेतिर दैलेख सदरमुकाममा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा नारायण नगरपालिका ११ स्थायी घर भएकी ४५ वर्षकी दीपा चन्द्र रहेकी छन्।

नदीले बगाउँदा मलामीको मृत्यु

मलामी गएका झापा दमकका एक युवकको नदीले बगाएर ज्यान गएको छ। झापाको शिवसतासीस्थित कन्काई नदीले बगाउँदा दमक–२ भाङबारीका ४१ वर्षीय विष्णु दुलालको ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

नदीमा डुबेर एक बालिकाको मृत्यु, दुई बाँच्न सफल

पर्साको ओरीया खोलामा डुवेका तीन जना बालिकामध्ये हराएकी एक जना बालिकाको बिहीवार बिहान शव फेला परेको छ। बुधबार दिउसो घास काट्न गएका छिपहर माई गाउँपालिका ३ पर्ने जयमंगलापुरको झलमैयाका तीन जना बालिकाहरु नदी तर्ने क्रममा बगेका थिए।

ब्राजिलमा पानी जहाज डुबेर १९को मृत्यु

ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।

बोलेरोको ठक्करबाट पूर्व प्रहरी हवल्दारको मृत्यु

बिपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका ५ रामटारमा बलेरोको ठक्करबाट एक जना मोटसाइकल चालकको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्