१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml

लगातार वर्षाको संकेत छैन, तिहारभर मौसम घमाइलो हुने

मौसमविद् विनोद पोखरेलले आगामी एक हप्ता नेपालमा अधिकांश समय घमाइलो मौसम रहने अनुमान गरेका छन्।

सरकारलाई आङदेम्बेको प्रश्न : १७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल बाँकी छँदै हटाउनुपर्ने बाध्यताबारे सरकारसँग प्रश्न गरेका छन्।

ममता ह*त्या प्रकरणमा नरेश भट्टको बयान : शारीरिक हिंसा हैन भावनात्मक तनाव दिएको थिएँ

अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै आफूले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्।

कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै

तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ।

आईजीपी विवादमा निश्कल भन्छन् : विगतमा भएका क्रमभंगता पनि गल्ती थियो, हालको पनि गलत छ

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तथा नेतृत्व परिवर्तनको विषय कुनै व्यक्तिको मात्र नभई राज्यको विधि र संस्थागत स्वायत्ततासँग जोडिएको विषय भएको बताएका छन्।

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन्।

‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’

सरकारले लोकतन्त्रका आधारभूत मूल्य–मान्यताका साथै संवैधानिक निकायमाथि निरन्तर दबाब सिर्जना गरिरहेको आरोप लागिरहेका बेला इनम सापकोटाको पक्राउसँगै राज्यका हरेक क्षेत्रको इमानमाथि प्रश्न उठेको छ।

बजेट कार्यान्वयनपछि सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ। आयोजनाले ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

२०० आयोजनाको ठेक्का रद्द

तोकिएको समयमा काम नगरी अलपत्र पारेका पूर्वाधारसँग सम्बन्धित करिब दुई सय आयोजनाको ठेक्का सरकारले तोडेको छ।

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ।

सरकार तिम्रो भय र भ्रमले विचलित हुँदैन, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु : सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारलाई चुनौती दिँदै आफू काठमाडौं आउँदै गरेको बताएका छन्।

मध्यावधि चुनावमा हारपछि ट्रम्पलाई महाभियोग लगाएर पदबाट हटाउन सजिलो भएको हो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव हुने यस वर्षको सुरुवात रिपब्लिकन पार्टीका नेताहरूलाई चेतावनी दिँदै गरेका थिए।

जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा. न्यौपाने र पोखरेल सम्मानित

कार्यक्रममा मानवतावादी चिन्तक, स्रष्टा तथा पत्रकार जयपृथ्वीबहादुर सिंहको नाममा स्थापित विशेष पुरस्कारबाट शिक्षा तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व डा. छायादत्त न्यौपानेलाई र विवश पोखरेललाई सम्मान गरिएको छ।

मध्यावधि चुनावको नतिजापछि इजरायली राजदूतले भने : इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो

अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ऐतिहासिक हार बेहोरेपछि इरान युद्धलाई लिएर बहस तीव्र बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्