२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चार पटक वडाध्यक्ष भएका महताेकाे उपचार क्रममा निधन

बलबा नगरपालिका ८ का वडाध्यक्ष लोकेन्द्र महतोको उपचारका क्रममा बिहीबार निधन भएको छ।

कर्मचारीलाई गालीगलौज गर्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोपमा फेटा गाउँपालिका २ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा परेका छन् ।

गाउँगाउँमा विप्लव आतंक, वडाध्यक्ष 'टार्गेट'मा

महेश्वर चामलिङ राई । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह गाउँकेन्द्रित हुन थालेको छ। गतसाता सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहले आफ्ना गतिविधि तीव्र पारेको छ।

वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार अदालतको आदेशपछि पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो। राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँसँगै मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको से्रस्तेदार(रजिस्ट्रार) नरेन्द्र श्रेष्ठले जानकारी दिए।

सुनसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान

सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो।

कसैलाई सुविधा कसैलाई घाँडाे

घोराही उपमहानगरपालिकाले वडाध्यक्षहरूको प्रयोगका लागि भनेर १६ वटा मोटरसाइकल खरिद गर्‍यो। १९ वटा वडा रहेको सो उपमहानगरले तीनजना वडाध्यक्षका लागि अपुग मोटरसाइकल तत्कालै खरिद गर्ने जनाएको छ। टिभिएस कम्पनीका ती मोटरसाइकल केही वडाध्यक्षले प्रयोग गर्न पनि थालिसके। तर केही वडाध्यक्ष सरकारी मोटरसाइकल प्रयोग नगर्ने भन्दै अडान लिइरहेका छन्।

बलात्कार अभियोगमा वडाध्यक्ष जेल चलान

बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि जेल चलान भएका छन्।

मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न

रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको फेला पारेको हो।

जबर्जस्ती करणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए।

एकलाैटी भएकाे भन्दै वडाध्यक्षले च्याते निर्णय पुस्तिका

नगरपालिकाले गरेको निर्णय एकलौटी भएको भन्दै वडाध्यक्षले निर्णय पुस्तिका च्योतका छन्। धादिङको नीलकण्ठ नगरपालिकाको कार्यपालिकाको निर्णय पुस्तिका वडा नं. १२ का वडाध्यक्ष बाबुराम लम्सालले च्यातेका हुन्। सामान्य रूपमा निर्णय लेख्ने तर पछि नगरप्रमुख भीमप्रसाद ढुंगानाले आफ्नो हालीमूहाली गरेर निर्णय फेर्ने गरेका कारण बैठकको माइन्यूट च्यातेको लंम्सालले बताए।

आर्थिक अनियमितता भएको भन्दै वडाध्यक्ष विरुद्ध प्रशासनमा निवेदन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्षमाथि आर्थिक अनियमितताको आरोप लागेको छ।

अधिकार मिच्ने अभ्यासमा जनप्रतिनिधि

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमाल कानुनले दिएको अधिकारको पूर्ण प्रत्याभूति गर्न पाएका छैनन्। वडाले पाएका कतिपय अधिकारमाथि उपमहानगरपालिकाले हस्तक्षेप गरेको उनको बुझाइ छ।

वडाध्यक्षको कुटार्इबाट एक घाइते

रुकुम (पूर्व)को भुमे गाउँपालिकाका एक वडाध्यक्षले स्थानीयलाई कुटपीट गरेका छन्। गाउँपालिका–५ सेरावाङ्का वडा अध्यक्ष टेकप्रसाद बुढाले स्थानीय जुनबहादुर बुढालाई कुटपीट गरेको प्रहरीले जानकारी दिएको छ।

वडाध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप, अदालतमा मुद्दा दर्ता

खोटाङमा वडाध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ देर्पाचिउरीडाँडाका वडाध्यक्ष लिला चौहानमाथि यौन दुर्व्यहार गरेको आरोप लागेको हो।

मनकारी वडाध्यक्ष : वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

भीमदत्त नगरपालिका वडा नम्बर १ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगिन।  अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्