२० असार २०८१ बिहीबार
image/svg+xml

दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुग्यो

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। जिल्लाको भुमे गाउँपालिका ५ बालुवामा भएको दुर्घटना घाइते थप एक जनाको मृत्यु भएको हो।

चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ।

बस र ट्रक आपसमा ठोक्किँदा चालक सहित दुइको मृत्यु, २३ जना घाइते

बिहिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका १० प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ७ को देउखालाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।

धादिङ बस दुर्घटना : हराइरहेका एकजनाको शव फेला

धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा हराइरहेका एक जनाको शव फेला परेको छ। घटना भएको ठाउँबाटै मंगलबार दिउँसो फेला पारेको प्रहरीले जानकारी दिएको छ।

पाँचथर हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहित ५० प्रहरी परिचालन, नाकामा कडा निगरानी

पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा भएको ९ जनाको विभत्स हत्याको छानबिन गर्न ५० जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयइलाम र पाँचथरबाट ५० जना प्रहरी घटनास्थलमा पुगेको नेपाली प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए।

उपत्यकामा बढ्यो सवारी दुर्घटना

काठमाडौं उपत्यकामा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परेर धेरै जनाले ज्यान गुमाएका छन्। गत साउनदेखि वैशाख मसान्तसम्म उपत्यकामा २ सय ११ जना सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन्।

सडक दुर्घटनामा १८ जनाको मृत्यु

धादिङ, बैतडी, उदयपुर र कैलालीमा आइतबार भएका सडक दुर्घटनामा १८ जनाको ज्यान गएको छ। धादिङ बस दुर्घटनाान नौ, बैतडी जिप दुर्घटनामा तीन, उदयपुर टिपर दुर्घटनामा दुई र कैलालीमा भएका फरकफरक दुर्घटनामा चारजनाको मृत्यु भएको हो। ती दुर्घटनामा २७ जना घाइते भएका छन्।

टिप्पर दुर्घटनामा २ को मृत्यु, चालक सकुशल

उदयपुरमा आइतबार विहान भएको टिप्पर दुर्घटनामा परी सहचालकसहित दुईजनाको मृत्यु भएको छ। सिराहाको मिर्चयादेखि ओखलढुंगा जोड्ने सिद्धिचरचण लोकमार्गको कटारी–घुर्मी खण्डमा विहान भएको दुर्घटनामा सहचालक र अर्का एकजनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो।

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३ घाइते

बैतडीकाे देहिमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग१ज ४९२१ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगरपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए।

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

उनले चलाएको यूपी ३१ एस ५१७० नम्बरको भारतीय मोटरसाइकल खक्रौलाबाट टीकापुरतर्फ आइरहेको बा १६ च ४७१० नम्बरको जीपमा ठोक्किएको हाे।

जिपको ठक्करले बाबुछोराको मृत्यु

नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४ हरैयामा शनिबार साँझ जिपको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। सडकछेउमा भैंसी चराइरहेका बेला नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा१९च २५८८ नम्बरको स्कार्पियोले अनियन्त्रित भई ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय जयसी राय र उनका छोरा १० वर्षीय लक्ष्मण रायको मृत्यु भएको हो।

त्रिशुलीमा बस खस्यो: मृतकको संख्या पाँच पुग्यो, २९ जना घाइते

घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

अपडेटः त्रिशुलीमा बस खस्यो, तीन जनाको मृत्यु

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्