२३ असार २०८१ आइतबार
image/svg+xml

काठमाडौंका लागि छुटेको बस त्रिशुलीमा खस्यो

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गल्छी गाउँपालिकाको वडा नम्बरको आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो।

भैँसी चराइरहेका बाबुछाेरालाई जिपले १३ मिटर परसम्म घिसारेपछि...

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिबार साँझ जीपकाे ठक्करबाट बाबु छोराको मृत्यु भएको छ।

डोल्पामा सडक दुर्घटना बढ्दै

पछिल्लो समय हिमाली जिल्ला डोल्पामा सडक दुर्घटना बढेको छ। भर्खरै खुला गरिएको कच्ची सडक सवारी चालकहरुको लापरवाही र सुरक्षा निकायको कमजोर उपस्थितिका कारण सडक दुर्घटना बढ्दै गएको स्थानीयहरु बताउँछन्। अव्यवस्थित तवरले जिल्लामा भित्रिएका मोटरसइकल,जीप तथा ट्रयाक्टरहरु र सिकारु चालकको लापरवाहीका कारण महिनैपिच्छे सडक दुर्घटना हुने गरेको छ।

भारतमा बस दुर्घटनाः पाँचको मृत्यु, ३० घाइते

भारतको लखनउ —आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु , ३० जना घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

अव्यवस्थित तारले दुर्घटनाको जोखिम

अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै होइन, भक्तपुरलाई कुरूप पनि बनाएको छ। कलात्मक सुन्दर घरलाई नै कुरूप बनाउने गरी सबैतिर माकुरोको जालो जस्तै रहेका तारले आकर्षक घरलाई मात्रै होइन, सिंगो नगरलाई नै कुरूप बनाइदिएको छ।

दुबईमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान दुर्घटनामा परेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट तीन माइल दक्षिणमा विमान दुर्घटना भएको हो। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। विमान बिहीवार साँझ साढे ७ बजे दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जति चौडा सडक, उति नै दुर्घटना

सडक चौडा भएसँगै सडकलाई व्यवस्थित नगर्दा पैदलयात्रु असुरक्षित बनेका छन्। चालकले सवारीसाधन तीव्र रूपमा गुडाउने र पैदलयात्रुले जथाभावी बाटो काट्दा फराकिला सडकमा धेरैको ज्यान जाने गरेको हो।

काठमाडौं मल अगाडि पानी ट्यांकरले ठक्कर दिँदा युवतीको मृत्यु

काठमाडौँ मल आगाडि पानी ट्यांकरले एक मोटरसाइकललाइ ठक्कर दिएको छ। ठक्कले मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै मृत्यु भएको छ।

‘अहिलेको जनमत भण्डारीकै देन’

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई उनका समकालीन नेताहरुले राष्ट्रिय अखण्डता, स्वाधीनताको आन्दोलन र लोकतान्त्रिक सामाजिक न्यायको जग बसाल्ने व्यक्तित्वको रुपमा चित्रण गरेका छन्। उनीसँग लामो समय सहयात्रा गरेका केशव बडालले नेपालको प्रजातान्त्रिक आन्दोलन सफल बनाउन वामपन्थी नेताको रुपमा अग्रणी भूमिका खेलेको बताएका छन्।

ट्याक्टरको डालाले च्यापेर चालकको मृत्यु

मोरङको बुढिगंगामा बालुवा बोकेको ट्याक्टरको डालाले च्याप्दा ट्याक्टर  चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को २ त ५१४ नम्बरको ट्याक्टरका चालक भोजपुर हतुवागढी - हसनपुरका भरत राई रहेको प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

कैलालीको टीकापुर नगरपालिका–१ लम्कीपुलमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय टीकापुरकाअनुसार मंगलबार बिहान भएको दुर्घटनामा जानकी गाउँपालिका–५ पथरैयाका करिव ३५ वर्षका धनबहादुर चौधरीको ज्यान गएको छ।

किशोरीको बीभत्स हत्या, महिलामाथि सामूहिक बलात्कार

जिल्लामा पछिल्ला दिनमा भएका दुई दर्दनाक घटनाले सबैलाई चिन्तित तुल्याएको छ। शान्तिसुरक्षाप्रति केन्द्रीय तथा प्रदेश सरकारले प्रतिबद्धता जनाइरहे पनि जघन्य प्रकृतिका अपराध बढ्ने क्रम रोकिएको छैन। जिल्लामा एक १५ किशोरीको घाँटी रेटेर हत्या गरिएको छ भने ५८ वर्षीय एक महिला सामूहिक बलात्कारको सिकार भएकी छन्। हिलिहाङ गाउँपालिका–४ पञ्चमीको कात्तिकेमा किशोरीलाई घरनजिकै घाँटी रेटी हत्या गरिएको हो। फिदिम नगरपालिकामा ५८ वर्षीय महिलामाथि बिहे भइरहेको ठाउँबाटै जबर्जस्ती उठाएर लगी सामूहिक बलात्कार गरिएको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ।

टिप्पर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २ घाइते

रोकिराखेको टिप्परलाई तिव्र गतिमा आएको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्