२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

जिपको ठक्करले बाबुछोराको मृत्यु

सर्लाही – नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४ हरैयामा शनिबार साँझ जिपको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। सडकछेउमा भैंसी चराइरहेका बेला नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा१९च २५८८ नम्बरको स्कार्पियोले अनियन्त्रित भई ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय जयसी राय र उनका छोरा १० वर्षीय लक्ष्मण रायको मृत्यु भएको हो।

दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते जयसीलाई उपचारका लागि हरिवनतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ। तीव्रगतिमा रहेको जिप बाउछोरालाई ठक्कर दिएपछि अनियन्त्रित भई सडकबाट ८१ फिट पर पुगेर पल्टिएको ट्राफिक प्रहरीको भनाइ छ।

जिपले बाउछोरालाई ठक्कर दिएर ४२ फिट परसम्म घिसारेको थियो। दुर्घटनामा परेको जिप क्षतविक्षत बनेको तथा चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App