नेपालको कूटनीतिक सम्बन्ध १५९ मुलुकमा विस्तार
नेपाल र वेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ।
नेपाल र वेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पाँच वर्षभित्र मुलुकको मुहार फेरिने गरी विकास र समृद्धिका मुख्य कार्य सम्पन्न हुने दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका दलले नीति तथा कार्यक्रमलाई हावादारी, सपनामात्रै बाँड्ने र नयाँ कार्यक्रमविहीन भनेर चर्को आलोचना गरिरहेका बेला सत्तारुढ दलका सांसदहरूले शुक्रबार यस्तो दाबी गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। उनले भने, ‘यो नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमको चरित्र कम ५÷१० वर्षे कार्यक्रमहरु देखिएको छ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले मुलकले अहिलेसम्म राम्रो नेतृत्व पाउन नसकेको बताएका छन्। बुधबार रामेछापको मन्थलीमा पत्रकारहरुसँगको भेटमा नेता भण्डारीले मुलुकमा धैरे नेतृत्वहरु आएको तर प्रभावकारी काम गर्न सक्ने नेतृत्व नै राम्रो आउन नसक्नुको परिणाम भएको टिप्पणी गरे।
नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले सहमतिकै आधारमा पार्टीका पदाधिकारी चयन हुने विश्वास दिलाएका छन्। रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘पार्टी सभापतिजीले सर्वसम्मतीमै पदाधिकारी चयन गर्नको लागि बैठक २१ गते डाक्नुभएको छ, मतदान नै गर्ने हो पनि सभापतिसँग सम्मानजनक बहुमत छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले नेपालले अन्य देशसँग व्यापार गर्न नसकेको बताएका छन् । मुलुक व्यापार घाटाभन्दा पनि व्यापार नै गर्न नसक्ने अवस्थामा रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध अन्तर्राष्ट्रिय कानुनको सिराबाट परिभाषित गर्न सकेको खण्डमा एवं अर्थ, गृह र कानुन मन्त्रीले चित्रण गर्नुभएका समस्या ठोसरूपमा सम्बोधन गर्न सकेको खण्डमा ओली सरकारले मुलुकका लागि प्रशंसनीय काम गरेको प्रमाणित हुनेछ ।
गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचार र विखण्डनकारी प्रवृत्ति मुलुकका लागि खतरा भएको बताएका छन्। सोमबार ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकताको संरक्षणको गर्दै जाति, धर्म र क्षेत्रको नाममा नेपालमा द्वन्द निम्त्याउने तत्वहरुलाई परास्त गर्नु पर्ने बताए।
राज्यले अझै तराई/मधेसलाई पुरानै मानसिकताबाट दृष्टिगत गरी अवमूल्यन गर्न खोजे मुलुक अगाडि नबढ्ने संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्त गरेका छन्।
कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। देउवाले ट्विट गर्दै लोकतान्त्रिक आन्दोलनका लागि खड्काले जीवनभर निकै ठूलो सघर्ष गरेको बताएका छन्।
नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देश समृद्ध बनाउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग शनिबार सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले आफ्नो लक्ष्य मुलुकको समृद्धि भएको बताए।
पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ। पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ।
१८० राष्ट्रहरूलाई आधार बनाएर गरिएको एक अनुसन्धान अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको छ।
एमाले र माओवादीबीच हुने एकता संवैधानिक लोकतन्त्र, संविधान, संवैधानिक प्रक्रिया र कानुनको शासनलाई संस्थागत गर्ने दिशामा हुन सकोस् । मुलुकमा देखिएका राजनीतिक समस्या सम्बोधन गर्नका लािग हुन सकोस्।